
काठमाडौं । नेपाल अटोमोबाईल एसोसिएसन (नासा नेपाल)ले मोटर स्पोट्र्सको इभेन्टमा स्वीकृति अनिवार्य गरेको छ । नासा नेपालले सुचना जारी गर्दै मोटर र मोटरसाइकल स्पोट्र्स, रेसिङ्, र्यालिङ तथा टुरिङ, कार्टस् तथा पावरबोट र सिम रेसिङ् जस्ता इभेन्ट र कार्यक्रममा संघको स्वीकृतिलाई अनिवार्य गरेको हो ।
नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईले नेपालको ऐन, कानुनलेनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमका लागि खेलकुदको कार्यकारी निकाय र संघको स्वीकृति अनिवार्य गरेकाले त्यसलाई लागू गर्न खोजिएको बताउनुभयो ।
संघसँग स्वीकृति नलिएर सञ्चालन गरिएका मोटर स्पोट्र्सका कार्यक्रम तथा इभेन्टमा धेरै विवाद निम्तने गरेको देखिएकाले त्यसको स्वीकृतिलाई अनिवार्य गर्न लागिएको नासा नेपालले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच