
काठमाडौं । नेपालका कुनै पनि पुटबल क्लबले एएफसी क्लब लाइसेन्स नपाएपछि कुनै पनि एएफसी क्लब प्रतियोगिता खेल्न नपाउने भएको छ । एएफसीले सार्वजनिक गरेको एएफसी क्लब लाइसेन्स पाउने देश र क्लबको सूचीमा नेपालका कुनै पनि क्लबको नाम छैन । यसको अर्थ २०२५/२६ को सिजनमा हुने एएफसीको कुनै पनि क्लब प्रतियोगितामा नेपालका क्लबको प्रतिनधित्व हुने छैन ।
गत वर्ष ‘ए’ डिभिजन लिग च्याम्पियनको हैसियतले नेपालको चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेलेको थियो । एसियाको तेस्रो श्रेणीको यो क्लब प्रतियोगितामा अब नेपाली क्लबको सहभागिता हुने छैन । एएफसीले एएफसी च्याम्पियन्स लिग एलिट र टुका साथै एएफसी च्यालेन्ज लिगको लागिसमेत क्लब लाइसेन्स पाउने क्लबको सूची सार्वजनिक गरेको छ ।
दषिण एसियाबाट भुटानकै चार क्लबले च्यालेन्ज लिगका लागि क्लब लाइसेन्स प्राप्त गर्दा नेपाली क्लब भने लाइसेन्सविहीन बनेको हो । यस्तै बंगलादेशबाट पनि च्यालेन्ज लिगका लागि दुई क्लबले क्लब लाइसेन्स पाएका छन् भने माल्दिभ्सबाट एक क्लबले च्यालेन्ज लिगको लागि क्लब लाइसेन्स पाएको छ । दक्षिण एसियामा नेपालहसित श्रीलंका र पाकिस्तानबाट कुनै पनि क्लबले क्लब लाइसेन्स प्राप्त गर्न सकेनन् ।
दक्षिण एसियामा भारतबाट आठ क्लबले एएफसी च्याम्पियन्स लिग एलिट÷टु का लागि क्लब लाइसेन्स प्राप्त गरेका छन् । पछिल्लो समय नेपालमा शीर्ष श्रेणीको लिग हुनसकेको छैन । जसले गर्दा क्लबहरू मोफसलका नकआउट गोल्डकपमात्रै खेलेर बसेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच