
वासिंटन डिसी । अमेरिकामा जारी फिफा क्लब विश्वकपमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले पहिलो जित दर्ता गरेको छ । बिहीबार राति लुमेन फिल्डमा सम्पन्न खेलमा एट्लेटिकोले घरेलु टोली सिएटल साउन्डर्स एफसीविरुद्ध ३-१ को जित निकालेको हो । एट्लेटिकोलाई जित दिलाउन पाब्लो बारिओरले दुई तथा एक्सल बिट्सलले एक गोल गर्नुभयो । सिएटलका लागि अल्बर्ट रुस्नाकले गोल फर्काउनुभयो ।
खेलको ११औं मिनेटमा बारिओरको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो । ४७औं मिनेटमा बिट्सलले टोलीको अग्रता दोब्बर बनाउनुभयो । रुस्नाकले ५०औं मिनेटमा गोल गर्दै सिएटललाई खेलमा फर्काउने संकेत दिनुभएको थियो । तर, पाँच मिनेटपछि नै बारिओरले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई सहज जित दिलाउनुभयो । जितसँगै एट्लेटिकोले समूह ‘सी’मा दुई खेलबाट तीन अंक जोडेको छ । दुवै खेलमा पराजित सिएटल अंकविहीन छ ।
यसैगरी, लियोनल मेसीको निर्णायक गोलको मद्दतले इन्टर मियामीले एफसी पोर्टोलाई २-१ ले हराएको छ । यसै समूहको अर्को खेलमा पाल्मारेसियसले अल अहलीलाई २-० हरायो । पहिलो जितसँगै मियामीले समूह ‘ए’मा दुई खेलबाट चार अंक जोडेको छ । पहिलो हार बेहोरेको पोर्टोको समान खेलबाट एक अंक छ । पहिलो खेलमा मियामी अल अहली तथा पोर्टो पाल्मिरससँग बराबरीमा रोकिएका थिए ।
मर्सिडिज बेन्ज रंगशालामा मियामीलाई जित दिलाउन टेलास्को सेगोभिया र कप्तान लियोनल मेसीले गोल गर्नुभयो । पोर्टोका लागि समु अघेहोवाले गोल गर्नुभयो । खेलको आठौं मिनेटमा अघेहोवाको पेनाल्टी गोलमार्फत पोर्टोले अग्रता लिएको थियो । तर, टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन । दोस्रो हाफको सुरुवातमै सेगोभियाले मियामीलाई बराबरीमा ल्याउनुभयो । त्यसको सात मिनेटपछि नै मेसीले गोल गर्दै मियामीलाई स्पष्ट तीन अंक दिलाउनुभयो । यही समूहको अर्को खेलमा पाल्मिरसले अल अहलीविरुद्ध २० को सहज जित दर्ता ग¥यो । पाल्मिरसका लागि विसम अबोउ अली र जोसे लोपेजले गोल गर्नुभयो ।
यस्तै, यस सिजनको च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब विश्वकपमा ब्राजिलियन क्लब बोटाफोगोसँग पराजित भएको छ । शुक्रबार बिहान भएको खेलमा पिएसजी बोटाफोगोसँग १-० गोलले पराजित भएको हो । बोटाफोगोको जितमा इगोर जिससले ३६औं मिनेटमा गरेको गोल नै निर्णायक रहृयो । खेलभर दबाब कायम गरे पनि गोल गर्न चुक्दा पिएसजी निराश बन्यो । समूह ‘बी’ अन्तर्गत आफूले खेलेका दुवै खेल जितेर ६ अंकका साथ बोटाफोगो शीर्ष स्थानमा उक्लिएको छ भने एक हार र एक जित निकालेको पिएसजी तीन अंकका साथ दोस्रो स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच