
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी यु-१६ इष्ट जोन कपमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का, केन्द्रीय सहस्य छुम्बी लामालगायतको उपस्थिति थियो । टोलीका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जसरी पनि उपाधि जित्ने बताउनुभयो । ‘प्रशिक्षणका लागि कम समय पाए पनि खेलाडीले एक महिनादेखि जिल्लास्तरीय हुँदै राष्ट्रिय प्रतियोगिता खेलिरहेको हुँदा सहज भएको छ । सबैजान फिट छन् । सन्तुलित टोली रहेकाले राम्रो प्रदर्शन हुनेमा विश्वस्त छु । हामी उपाधि लिएर फर्किने छौं,’ प्रशिक्षक चन्दले भन्नुभयो ।
कप्तान विपिनप्रसाद शर्माले तयारी धेरै राम्रो भएको बताउँदै टिम एकदम सन्तुलित रहेको उल्लेख गर्नुभयो । ‘पछिल्लो समय खेलाडी विभिन्न प्रतियोगितामा व्यस्त रहे । सबै उत्कृष्ट लयमा छन् । हाम्रो तामेल पनि मिलिरहेको छ । त्यसैले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेछौं भन्ने विश्वास छ,’ कप्तान शर्माले भन्नुभयो । क्यानले शुक्रबार एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो ।
यसअघि भएको एसीसी यु-१६ इष्ट जोन कपमा पनि नेपाल विजेता भएको थियो । क्यानले प्रतियोगिताका लागि विपिनको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको छ । टिमको उपकप्तानको रूपमा सुर्यान्शु कोइराला हुनुहुन्छ भने अन्य खेलाडीमा शिवांश बजगाईं, परिमर्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशीलबहादुर रावल, सुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन साही पनि सहभागी छन् ।
इष्ट जोन कप एसियन क्रिकेट काउन्सिल (एसिसी)अन्तर्गत सञ्चालन हुने एक महत्वपूर्ण युवास्तरीय क्रिकेट प्रतियोगिता हो । यसमा नेपालसहित पूर्वी एसियाका १० राष्ट्रका यु–१६ उमेर समूहका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । नेपाल रहेको समूह ‘ए’मा सिंगापुर, इण्डोनेसिया, जापान र भुटान छन् । यस्तै समूह ‘बी’ मा मलेसिया, हङ्कङ चाइना, थाइल्याण्ड, माल्दिभ्स, म्यानमार रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच