
काठमाडौं । एएफसी महिला एसियन कप छनोटका लागि अन्तिम टोलीको घोषणा गरिएको छ । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटका लागि टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले शुक्रबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गर्नुभएको हो ।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । नेपाल रहेको समूहका घरेलु टोली उज्वेकिस्तानसँगै श्रीलंका र लाओस रहेका छन् । छनोटको पहिलो खेलमा नेपालले असार १५ गते लाओसविरुद्ध खेल्दै एसियन कप छनोटको यात्रा सुरु गर्नेछ । दोस्रो खेलमा १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानविरुद्ध खेल्नेछ ।
समूह ‘एफ’को शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली एसियन कपका लागि छनोट हुनेछ । युइएफए प्रो लाइसेन्स प्राप्त प्याट्रिकको प्रशिक्षणमा नेपालले खेल्न लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलोपटक महिला टोलीका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक राखेको हो ।
टोलीमा केही समयअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेलेको टिमबाट एक खेलाडी परिवर्तन भएको छ । सुस्मा तामाङको स्थानमा प्रतिक्षा चौधरीलाई टिममा राखिएको छ । एपीएफबाट घरेलु फुटबल खेल्ने प्रतीक्षा पहिलोपटक सिनियर टिममा पर्नुभएको हो ।
घोषित टिमको गोलरक्षकमा एञ्जिला सुब्बा, उषा नाथ र अञ्जना रानामगर हुनुहुन्छ । यस्तै डिफेन्डरमा गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृत जैशी रहनुभएको छ ।
मध्यपंक्तिमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर र सरस्वती हमाल पर्नुभएको छ भने फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहनुभएको छ ।
नेपालले सन् १९८६, १९८९ र १९९९ मा तीनपटक महिला एसिया कप खेलिसकेको छ । त्यसपछि महिला एसिया कप नखेलेको नेपाल २६ वर्षपछि महिला एसिया कपमा पुग्ने लक्ष्यमा छ । पछिल्लो पटक सन् २०२२ मा भारतमा भएको महिला एसिया कपको छनोट खेलेको नेपालले छनोट चरण पार गर्न सकेन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच