हेटौंडा। असार ७ गतेदेखि ११ गतेसम्म नेपाल स्पोर्ट सेन्टर नेकोसले राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता र नेकोस कप राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता आयोजना हुन लागेको हो ।
महिला भलिबल प्रतियोगिता शनिबार दिउ“सो ३ बजे हुप्रचौरस्थित भलिबल ट्रेनिङ सेन्टरमा सुरु गरिने र स्केटबोर्ड प्रतियोगिता असार ८ गते आइतबार विहान ७ बजेबाट हेटौंडा–५ स्थित पुष्पलाल रोडको स्केटिङ पार्कमा खेलाइने संस्था सदस्य सफल अधिकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभयो ।
महिला भलिबल प्रतियोगितामा देशभरबाट छ वटा टिमको सहभागिता रहने छ । जसमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशले सहभागिता जनाउने छन् ।
स्केटबोर्ड प्रतियोगितामा १२ वर्षमुनिका महिला तथा पुरुष र १२ वर्षमाथिका महिला तथा पुरुष गरी चार विधामा १ सय ५० जना खेलाडीको सहभागिता रहने छ ।
महिला भलिबल प्रतियोगिताको प्रथम पुरस्कार राशि ५ लाख, द्वितीय पुरस्कार ३ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना हुनेलाई ५१ हजार पुरस्कार प्रदान गरिने भएको छ । प्रत्येक खेल विधामा नगद ५ हजार छुट्टाइएको छ । स्केटबोर्ड प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
दुवै प्रतियोगिता सञ्चालनका लागि ८० लाख खर्च हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच