
काठमाडौं । ऋषि लामिछाने निर्देशित चलचित्र ‘माग्ने राजा’को पोस्टर सार्वजनिक गरिएको छ । केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’को पोस्टर शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा केदारमात्रै हुनुहुन्छ भने अर्कोमा केदारसँगै वर्षा शिवाकोटी र विल्सनविक्रम राई फिचर्ड हुनुहुन्छ ।
चलचित्र ‘माग्ने राजा’ले भदौ ६ गते सिनेमाघरमा आउने मिति तय गरिएको छ । यो चलचित्रमा केदार, वर्षा र विल्सनसँगै आर्यन सिग्देल, मिस पवि र शिशिर बाङदेलको मुख्य भूमिका छ ।
सामीप्यराज तिमल्सेनाको पटकथा रहेको यो चलचित्र आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । नरेन्द्र मैनालीको छायांकन रहेको यो चलचित्रमा मुनाल घिमिरेको लगानी छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच