
काठमाडौं । ड्रागन मोसन पिक्चरको प्रस्तुति रहेको नयाँ गीतको भिडियो ‘ठीकै छ मेरी प्रिय’ सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमबीच गीतको भिडियो रिलिज गरिएको हो ।
अनुजा बरालको निर्देशनमा तयार भएको यो भिडियोले प्रेम, पीडा र द्वन्द्वको कथा प्रस्तुत गरेको छ । गीतको भिडियोमा गुरु वशिष्ठ, प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनय छ भने गीतलाई गुरु वशिष्ठले नै गाउनुभएको छ । गीतको शब्द रचना शेखर थापाको हो भने संगीत दिवेश राईको रहेको छ ।
सत्यम रानाको दृश्य प्रविधि (भिएफएक्स) रहेको भिडियोमा राजेन्द्र मोक्तानको रंग संयोजन र सारथि थापाको छायांकन छ । गीतको भिडियोलाई सर्वेश शाहले सम्पादन गर्नुभएको हो भने ड्रागन मोसन पिक्चरको आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच