
विराटनगर मधुमारा स्थायी घर हुनुभएकी मनिषा पोख्रेल गीत संगीतको क्षेत्रमा स्थापित नाम हो । उहाँले काठमाडौंमा रहेर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पुर्याइरहनुभएको छ । आफ्ना थुप्रै गीतमार्फत् उहाँले श्रोता/दर्शकको मनमस्तिष्कमा राज गर्न सफल हुनुभएको छ । विसं. २०६० देखि औपचारिक रूपमा गीत गायनमा होमिनुभएकी मनिषाको स्वरमा रहेका धेरै गीत लोकप्रिय छन् । पाश्र्व गायनमा समेत आफूलाई संलग्न गराउँदै आउनुभएकी उहाँले नेपाली, थारु, मैथिली, भोजपुरी, मराठी, पञ्जाबी र हिन्दी गीतमा समेत स्वर दिनुभएको छ । ‘नाच्न म जान्दिनँ’, ‘काली तिम्रो नजरैले गोली मार्यो’, ‘एक-एक जोडी दुई’, ‘अर्को जुनी’, ‘म त पिरतीमा परेको छु’, ‘हमेशा हमेशा’, ‘माया पिरिम’ लगायत उहाँले हालसम्म १७ सयभन्दा बढी गीत गाउनुभएको छ । ‘भर्सटायल गायिका’का रूपमा चिनिनुभएकी मनिषा दर्शक रिजाउन र स्टेज तताउन माहिर मानिनुहुन्छ । आफू गीत गाउन सक्दासम्म गीत संगीतमै रहने बताउनुहुने गायिका मनिषा पोख्रेलसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
अहिले केमा व्यस्त हुनुहुन्छ ?
म आफ्नो एल्बमको तयारीमा लागेकी छु । गीत संगीतलाई नै समय दिइरहेछु । केही विदेशी कार्यक्रमहरूमा समेत व्यस्त छु । चाँडै नै एउटा विदेशको प्रोग्राममा जाँदैछु ।
गायन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
मेरो सानैदेखिको रुचि नै गायन क्षेत्र भएकाले यस गीत संगीतलाई नै आफ्नो भविष्य बनाउन मन लागेर यो क्षेत्रमा प्रवेश गरँे । यो क्षेत्रमा मैले राम्रा-राम्रा व्यक्तित्वहरूसँग जोडिएर काम गर्न पाउँदा खुसी छु ।
यो क्षेत्र नै किन रोज्नुभयो ?
हरेक व्यक्तिको आफ्नो-आफ्नो चरित्रमा आफ्नो भविष्यको चित्र कोरिएको हुन्छ भन्ने कुरामा विश्वास राख्छु । सानैदेखिको आफ्नो रुचिको लगावले नै यो क्षेत्रमा म आउन सफल भएँ ।
पहिलो गीत कहिले गाउनुभयो ?
मैले विसं. २०६० सालमा पहिलो गीत गाएकी थिएँ । रेयुकाई आइडियलका लागि गाएको उक्त गीतले प्रथम पुरस्कारसमेत जित्यो । पारिश्रमिक लिएर गाएको गीत भने थारु भाषाको चलचित्रका लागि थियो ।
‘विसं. २०६८ सालतिर मेरो ‘सायद’ एल्बम आएको थियो । उक्त एल्बमको ‘हाम्रो प्रेम यदि छुट्यो भने’लाई अत्यधिक मन पराइदिनुभयो । यो एल्बमको आधुनिक गीत भयो । चलचित्रको चाहिँ रेखा थापाको ‘हिम्मतवाली’को ‘काली तिम्रो नजरले’ अत्यधिक हिट भयो । त्यो बेला उक्त फिल्मी गीत ब्लकबस्टर बन्यो । त्यसपछि नै मलाई पछाडि फर्कनु नपरेको हो ।’
हालसम्म कति जति गीत गाउनुभयो होला ?
मैले हालसम्म यस्तै १७ सयभन्दा बढी गीत गाइसकेकी छु । जसमा धेरै भाषाभाषीका गीतहरू पनि छन् । नेपाली, थारु, भोजपुरी, हिन्दी, मराठी, पञ्जाबी, बंगाली, मैथिली आदि भाषाभाषीका गीतहरू मैले गाएकी छु ।
सुरुमा यहाँलाई चिनाउने गीत कुन थियो ?
विसं. २०६८ सालतिर मेरो ‘सायद’ एल्बम आएको थियो । उक्त एल्बमको ‘हाम्रो प्रेम यदि छुट्यो भने’लाई अत्यधिक मन पराइदिनुभयो । यो एल्बमको आधुनिक गीत भयो । चलचित्रको चाहिँ रेखा थापाको ‘हिम्मतवाली’को ‘काली तिम्रो नजरले’ अत्यधिक हिट भयो । त्यो बेला उक्त फिल्मी गीत ब्लकबस्टर बन्यो । त्यसपछि नै मलाई पछाडि फर्कनु नपरेको हो ।
यो क्षेत्रमा लागेर के पाए जस्तो लाग्छ ?
यो क्षेत्रमा लागेर मैले गीत संगीतका माध्यमबाट परमात्मालाई पाएको महसुस गर्छु । र, सबैभन्दा ठूलो कुरा सन्तुष्टि पाएकी छु, साथै करोडौं शुभेच्छुक शुभचिन्तकको माया पाएकी छु ।
कत्तिको सन्तुष्ट हुनुहुन्छ यो पेशाबाट ?
एकदमै सन्तुष्ट छु । गायनबाटै नाम कमाएकी छु । आफूलाई पुग्दो दाम पनि कमाएकी छु । गाउन सकिञ्जेल संगीतमै हुनेछु ।
तपाईंको सफलताको मुख्य कडी के हो ?
मिहिनेत । कुनै पनि मान्छेले एउटा काम एकोहोरो लागिपरेर गर्यो भने सफल हुन्छ । मैले पनि गायनलाई दीर्घकालीन सोचेर अगाडि बढेँ । मलाई जे अफर आयो, त्यही गाएँ । मैले चलचित्रमा कोरस पनि गाएँ । त्यतिमात्र नभएर रेडियो जिंगल, गजल, भजन इत्यादि सबै गाएँ । यही मिहिनेत र लगावले गर्दा यहाँसम्म पुगेकी हुँ ।
यहाँलाई ‘भर्सटायल गायिका’ भन्दा कस्तो लाग्छ ?
म आफूलाई कुनै उपमा दिन्नँ । दर्शक, श्रोता र मिडियाले उपमा दिने हो । दर्शकले मलाई पाश्र्व गायनकी भर्सटायल भन्छन् । त्यसलाई स्वीकार्दै खुसी छु ।
संगीत के हो ?
संगीत सुरतालको यस्तो संगम हो जुन गाउँदा वा बजाउँदा आनन्दको अनुभूति हुन्छ ।
गायन क्षेत्रमा नआएको भए हामीले यहाँलाई कहाँ पाउँथ्यौ होला ?
सायद गायन क्षेत्रमा नभएको भए म कलाकारितामा हुन्थेँ होला ।
मनिषा पोख्रेल को हो ?
मनिषा पोख्रेल आफ्नो आवाजका माध्यमबाट गीत संगीत, प्रेमीको मनमस्तिष्कमा राज गर्न खोजिरहेको एउटा नाम हो ।
यो क्षेत्रमा आउन चाहनेलाई के भन्नुहुन्छ ?
संगीत क्षेत्रमा प्रशस्त सम्भावना छन् । यदि तपाईंसँग संगीतको ज्ञान छ भने यसको प्रशिक्षण लिएर आउनुभएको छ भने यो क्षेत्रमा तपाईं आत्मसन्तुष्टिका साथ आफ्नो जीवन यापन गर्न सक्नुहुन्छ ।
फ्यानले कत्तिको दुःख दिन्छन् ?
फ्यानले प्रायः सुख नै दिन्छन् । तर, जुन समयमा पनि फलो गरिरहने फ्यानबाट दुःख लाग्छ । सेलिब्रेटी भएपछि फ्यानका ती क्रियाकलाप सहनुपर्दाे रहेछ ।
अन्त्यमा ?
आजसम्म हजुरहरूले दिनुभएको अपार माया र साथप्रति कृतज्ञ छु । यसैगरी सधैंभरि माया पाइरहुँ । यही कामना गर्दछु । अझ धेरै सांगीतिक कोशेलीहरू आउने तयारीमा छन् साथ सपोर्ट गरिदिनुहोला ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच