काठमाडौँ । टी–२० आई सिरिज अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच अन्तिम खेल हुँदैछ ।
स्कटल्याण्डको ग्लासग्लोमा हुने खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ भने नेपालले बलिङको निम्तो पाएको छ ।
सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल मैदानमा उत्रिँदै छ ।
जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्याण्ड एउटा खेलमा मात्र विजयी भएको छ ।
नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले दोस्रो खेलमा स्कटल्याण्ड्सलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको थियो ।
यसैगरी स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्याण्डलाई नेदरल्याण्ड्सले १७ रनले हराएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र