
काठमाडौं । नेपाल राष्ट्र बैंक लक्षित साइबर सुरक्षा रोडम्याप नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई हस्तान्तरण गरिएको छ । बैंक तथा वित्तीय संस्थामा साइबर जोखिम न्यूनीकरण र सुरक्षाका उपायहरू सुदृढ गर्न उक्त रोडम्याप कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र अग्रणी साइबर सुरक्षा कम्पनी वन कभर प्रालिका प्रमुख कार्यकारी चिरञ्जीवी अधिकारीको अगुवाइमा तयार पारिएको हो ।
रोडम्यापले साइबर सुरक्षा सुदृढ बनाउन १२ मुख्य बुँदा प्रस्ताव गरेको छ । जसअन्तर्गत सिआइएसओ अनिवार्य नियुक्ति र उच्चस्तरीय आइटी जोखिम समिति गठन, फिनसिइआरटी-नेपालको स्थापना र साइबर घटना व्यवस्थापन, एनपिसिइआरटीसँग एकीकरण र साझा साइबर खुफिया, सिएसआरआई र क्यान महासंघसँगको सहकार्यमा अनुसन्धान र तालिम, त्रैमासिक जोखिम मूल्यांकन र शून्य-विश्वास सुरक्षा मोडल, डिजिटल भुक्तानी सुरक्षामा सुधार, २४/७ सुरक्षा अपरेसन केन्द्र (एसओसी) स्थापना, तेस्रो पक्ष र क्लाउड सुरक्षा अनुपालन, वार्षिक साइबर सुरक्षा तालिम र जनचेतना अभियान, छात्रवृत्ति कोष र नवप्रवर्तन प्रवद्र्धन, नियमित अडिट र अनुपालन अनुगमन, कडा प्रवर्तन र गैर-अनुपालनमा कारबाहीलगायत रहेका छन् । साइबर सुरक्षा विज्ञहरूको सहकार्यबाट तयार पारिएको यो रोडम्यापले नेपालको डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित, लचिलो र विश्वसनीय बनाउन दीर्घकालीन मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आइसिटीविज्ञ डा. शालिग्राम पराजुली, सिएसआरआई महासचिव डा. भोजराज घिमिरे र सचिव बन्दना शर्माले अनुसन्धान तथा विकासको महत्वमा जोड दिनुभएको थियो भने क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेल र साइबर सुरक्षा समिति संयोजक मोना न्याछोयोनले संस्थागत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । एनसिइआरटी उपाध्यक्ष सुमन शर्मा र बोर्ड सदस्य रोजिना डाँगीले नयाँ फिनसिइआरटी निर्माण, साइबर सचेतना र समन्वयात्मक प्रतिक्रिया प्रणालीको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच