
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना अर्थात् जेठसम्ममा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ महिनामा उक्त मूल्य बराबरको वस्तु आयात भएको हो, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको वस्तु आयात भएको थियो । त्यस्तै, ११ महिनामा दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष एक खर्ब ३९ अर्ब २६ करोड २३ लाखको वस्तु निर्यात भएको थियो । निर्यातमा सुधार देखिए पनि कुल १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा रहेको छ ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३० प्रतिशत बढी हो । गत आर्थिक वर्ष ११ महिनासम्म कुल १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँको व्यापार घाटा भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा आयात निर्यात अनुपात १०.४४ प्रतिशत रहेकोमा हाल ६.६४ प्रतिशत छ । कुल व्यापारमा निर्यात अनुपात १३.०८ प्रतिशत रहेको छ भने आयात अनुपात ८६.९२ प्रतिशत कायम भएको छ ।
भन्सार विभागका अनुसार सबैभन्दा बढी डिजेल, भटमास कच्चा तेल, पेट्रोल, खाना पकाउने ग्याँस आयात भएको छ भने ११ महिनामा डिजेल एक खर्ब १५ अर्ब ५५ करोड एक लाख रुपैयाँको आयात भएको छ । कच्चा भटमास तेल ९५ अर्ब ७२ करोड ६१ लाख, पेट्रोल ५८ अर्ब ५८ करोड ९० लाख, खाना पकाउने ग्याँस ५७ अर्ब ३६ करोड ७७ लाख रुपैयाँको आयात भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच