
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) अपरिहार्य भएको बताउनुभएको छ । महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यशालामा बोल्दै उहाँले इएसजी अब ट्रेण्डमात्र नभई व्यवसायको दिगो भविष्यतर्फको अनिवार्य बाटो भएको बताउनुभएको हो । ढकालले नेपालजस्ता उदीयमान अर्थतन्त्रका लागि इएसजी नयाँ अवसरको ढोका खोल्ने माध्यम भएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्तमान समयमा इएसजी मापदण्डप्रतिको सचेतना महत्वपूर्ण बन्दै गएको छ । इएसजी जोखिम व्यवस्थापनका लागि अपरिहार्य छ । नेपालमा सुरु भएको यो परियोजनाले नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पार्न सहयोग पुर्याउनेछ ।’
महासंघले हालसम्म छुट्टाछुट्टै ढंगले वातावरणीय स्थायित्व, सामाजिक पहल तथा सुशासन क्षेत्रमा काम गरिरहेको भए पनि सोही ढाँचामार्फत् ती सबै पहललाई एकीकृत गर्ने दिशामा अघि बढ्ने योजना बनाएको पनि अध्यक्ष ढकालले जानकारी दिनुभयो । नेपाल राष्ट्र बैंकले अपनाएको पर्यावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन निर्देशिकालाई पनि महासंघले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उहाँले ३० भन्दा बढी कानुनमा सरकारले गरेको संशोधनले स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन हुने अपेक्षा गरिएको बताउनुभयो ।
कार्यशालामा सहभागीलाई सर्वेक्षणमार्फत् इएसजीसम्बन्धी आवश्यक तालिम र क्षमता विकासका कार्यक्रम पहिचान गरिने जानकारी दिइएको थियो । महासंघले लगत्तै कोशी प्रदेशमा पनि इएसजी कार्यशाला आयोजना गर्ने भएको छ । सरोकारवालाहरू, निजी क्षेत्रका प्रतिनिधि, नीति निर्माता तथा अन्तर्राष्ट्रिय साझेदारको सहभागिता रहेको कार्यशालामा वातावरण, समाज र सुशासनसम्बन्धी विषयलाई समग्र रूपमा एकीकृत गर्नुपर्नेमा जोड दिइएको थियो ।
११ महिनामा दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाखको निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष एक खर्ब ३९ अर्ब २६ करोड २३ लाखको निर्यात भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच