
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स चौतारा शाखाको आयोजनामा बिहीबार सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-४, कुबिण्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कुबिण्डे दुग्ध संकलन केन्द्रमा आबद्ध करिब २० जना कृषकको उपस्थितिमा सम्पन्न कार्यक्रममा बीमाको महत्व, प्रयोग, लाभ र स्थानीय तहमा उपलब्ध निर्जीवन बीमालेखबारे जानकारी प्रदान गरिएको थियो । कार्यक्रमको उद्देश्य ग्रामीण तथा कृषक समुदायमा बीमाप्रति जनचेतना अभिवृद्धि गर्दै जोखिम व्यवस्थापनमा उनीहरूको पहुँच सुलभ बनाउनु रहेको थियो ।
कार्यक्रममा कुबिण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकको जीवनस्तर उकास्न बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बीमाको पहुँच विस्तार गर्दै दाबी प्रक्रिया सरल र सहज बनाउन बीमा कम्पनीहरू अझ बढी सक्रिय हुनुपर्ने बताउनुभयो । कम्पनीले आगामी दिनहरूमा पनि अन्य स्थानीय तहमा यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच