
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई आमा हस्पिटलमा उपचार सेवा लिँदा ५० प्रतिशतसम्म छुट हुने भएको छ । सम्झौताअनुसार क्याबिन बेडमा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशतका साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क नलाग्ने आइएमई लाइफले जनाएको छ ।
हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशतको विशेष सहुलियत पनि रहेको छ । यस्तो छुट सुविधा कम्पनीका बीमितले कम्पनीको मोबाइल एप आइएमई लाइफ मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई लिन सक्नेछन् । त्यसैगरी अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच