
काठमाडौं । हालैमात्र नेपाली बजारमा प्रवेश गरेको राइड सेयरिङ एप ‘याङ्गो’ले बोनस अफर ल्याएको छ । कम्पनीले दैनिक कम्तीमा १६ ट्रिप गरेमा राइडरले चार हजार रुपैयाँसम्म कमाउने अफर ल्याएको हो । याङ्गोमा राइड सेवा प्रदान गर्दै आएका चालकले दैनिक २५ सयदेखि तीन हजारसम्म कमाउने गरेको बताएका छन् ।
समय मिलाएर दैनिक १६ ट्रिप पूरा गरेपछि औसत तीनदेखि चार हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनीहरूको भनाइ छ । अब भने कम्पनीले दैनिक १६ ट्रिप पूरा गर्दा चार हजारसम्म कमाउने अफर नै ल्याएको हो । राइड सेवामा यात्रु वा चालकको सुरक्षा नै पहिलो प्राथमिकता भएको कम्पनीले जनाएको छ ।
जसका लागि कम्पनीले २० भन्दा बढी सेफ्टी फिचरसमेत ल्याएको छ । याङ्गो समूह एक अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो, जसले विश्वव्यापी रूपमा प्राप्त प्रविधि स्थानीय समुदाय अनुरूप दैनिक सेवामा रूपान्तरण गर्छ । उपाय, दोस्ती, ई–ड्राइभ नेपाल, नेपाल फ्लिट, किम एड्भेन्चरलगायत नेपाली कम्पनीसँग मिलेर याङ्गोले एक महिनाअघि काठमाडौंमा परीक्षण राइड सेवा सुरु गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच