
साहित्य अत्यधिक कोमल अन्तर संवेदनाको उपज हो, यसमा पनि कविता सबभन्दा बढी । यसैले यो पुरानो पुस्तासँग भन्दा नयाँ पुस्तासँग मात्रात्मक अधिकता हुन्छ, ज्यादा हुन्छ । कवितात्मक हृदय भएको नयाँ पुस्तासँग पुराना पुस्ताले प्रस्पिर्धा गर्नु पराजयलाई पहिले नै स्वीकार्नु हो निष्पक्ष मूल्याङ्कन भएकाखण्डमा । सांसारिक यात्रात्मक सङ्घर्षका धेरै आयामसँग चाहे ती सुखका हुन्, चाहे दुःखका । चाहे ती समतौल तराजुका हुन्, चाहे विषम तौल तराजुका । दुवैले अन्तर संवेदनाका मात्रा समाप्त गर्दै अर्थात् घटाउँदै गएका हुने हुनाले धेरै वयवसन्त पार गरेपछि विचार बढ्छ, अनुभव बढ्छ, हेर्ने दृष्टिकोणहरू दार्शनिक घेरामा पुगेर यो भए यो किन नहुने ?
यो नहुँदा यो किन हुने ? जस्ता समदृष्टि जति विकसित हुँदै जान्छन् उति नै संवेदना घट्दै जान्छ, जाने हुन्छ । संवेदनाका मात्रा कम हुँदै जानुभनेको नै कवित्वचेतको उचाइमा कमी आउनु हो । कमी हुँदै जानु हो । यसर्थ मेरोमात्र मान्यता होइन गहिरिएर हेर्ने सबैको सर्वसिद्ध मान्यता हो-कवित्वशक्ति अगाडिको पुस्तामा भन्दा आउने पुस्ता वा नयाँ पुस्तामा बढी हुन्छ, सशक्त हुन्छ, सबल हुन्छ त्यत्तिकै अब्बल पनि । सन्दर्भ-‘वंशवृक्ष’ कविता सङ्ग्रहको छ यहाँ । सामूहिक कविता सङ्ग्रह प्रकाशनका उदाहरण प्रशस्त छन् । सामूहिक खण्डकाव्य लेखनका उदाहरण पनि छन् । सामूहिक महाकाव्य लेखन/प्रकाशनको त होड नै चलेको वर्तमान समयमा पुराना पुस्ताको छँदैछ । आख्यान क्षेत्रका पनि उपन्यास लेखनमा यसको अत्यधिक मात्रा हामी पाउन सक्छौँ इतिहासका पानामा ।
दुई पुस्ता त्यसमा पनि एकै घरका सहोदर बाबुछोराका सहलेखन÷प्रकाशनको चाहिँ यो नै पहिलो कविता सङ्ग्रह हो । भोलि यस किसिमका लेखन/प्रकाशनमा प्रतिस्पर्धा भएकाखण्डमा यो नै यस फाँटको कोसे ढुङ्गो हुनेछ । अमेरिकाको रिचमन्डमा घर भएका नयाँ पुस्ताका प्रतिनिधि कवि पात्र अनिमेष दाहाल र काठमाडौँस्थित कपनका गृहनिवासी पुराना पुस्ताका प्रतिनिधि कवि पात्र हुन् पुरुषोत्तम दाहाल ।
दुई पुस्ता त्यसमा पनि एकै घरका सहोदर बाबुछोराका सहलेखन/प्रकाशनको चाहिँ यो नै पहिलो कविता सङ्ग्रह हो । भोलि यस किसिमका लेखन/प्रकाशनमा प्रतिस्पर्धा भएकाखण्डमा यो नै यस फाँटको कोशे ढुङ्गो हुनेछ । अमेरिकाको रिचमन्डमा घर भएका नयाँ पुस्ताका प्रतिनिधि कवि पात्र अनिमेष दाहाल र काठमाडौँस्थित कपनका गृहनिवासी पुराना पुस्ताका प्रतिनिधि कवि पात्र हुन् पुरुषोत्तम दाहाल । बहुआयामिक व्यक्तित्व पुरुषोत्तम दाहालका सत्रवटा र फक्रदो नवकोपिला अनिमेष दाहालका तेह्र वटा गरी तीस वटा सङ्कलित कविताको सङग्रह हो-‘वंशवृक्ष ।’
लामो समयको अभ्यास, थुप्रै कविता सङ्ग्रहसमेत प्रकाशित भइसकेका पुराना पुस्ताका प्रतिनिधि पात्र पुरुषोत्तम दाहालका यस सङ्ग्रहका सत्र वटा कविता पनि पहिलेका कविताका अनुपातमा निकै खारिएका, निकै परिस्कृत, परिमार्जित र बिम्बात्मक सबलताले युक्त कविताहरू देखिन्छन् । राष्ट्रिय घेरामा रहेका विकृतिप्रतिको व्यङ्ग्यात्मक प्रहार कलात्मक ढङ्गले प्रस्तुत भएको पाइनु माथिल्लो द्यौराली आरोहित भएको मान्नुपर्दछ यस सङ्ग्रहका सत्रवटै कविता । छिट्पुट् अन्तर्राष्ट्रिय जीवनजगत्का पनि बिम्ब प्रयोगबाट विश्व आवाज पनि आभासित हुनु अझ उचाइका उदाहरण हुन् तर यी पक्षहरूअझ कम छन् ।
लामो समय राष्ट्रिय पत्रकारितामा केन्द्रित रहनु, नेपालकै फोहोरी राजनीतिको सेरोफेरोमा चक्कराउनु, पारिवारिक मोहको मात्रा अलि बढी नै रहनु, देशप्रेमको भूतले कहिल्यै नछाड्नु, अन्धआस्थाको पुख्र्यौली संस्कार लक्ष्मण रेखाजस्तै बनेर रहनु र यिनलाई नै कवितात्मक बिम्बमा राखेर भावमा ज्यादातर अभिव्यञ्जित हुन्थे पुरुका पहिलेका कविता । यसबाट सर्वमुक्तिका साँधतिर गएका देखिन्छन् यस सङ्ग्रहका कविताहरू । यो अत्यन्त सकारात्मक पक्ष हो कवित्व उचाइका लागि । आवेगको सोझो सम्प्रेषण पहिलेका प्रायः कवितामा देखिन्छ भने यी कवितामा चाहिँ आवेग परिष्कृत भएर संवेगमय संवेदनात्मक अन्तर गर्तसम्म छुने भएका पाइन्छन् । यो कविता लेखनमा आउँदै गरेको/आएको राम्रो निखार पनि हो ।
नलीहाडको धूनबाट सुरु भएर ‘सडक किनाराको छिमेकी हुँदै वंशवृक्षसम्मका सत्रवटा कविताको अन्तर्य यसै सेरोफेरोमा रहेको छ र गद्य कवितात्मक बाहिरी रखाइको ढाँचा-पङ्क्ति भँचाइ, वाक्यान्तमा समापक क्रियाको प्रयोगमा कमी, बिचमा संयोजक प्रयोगको पूर्ण निषेधमा चामत्कारिक सुधार आउनुका अतिरिक्त कोमल/लयात्मक शब्दप्रयोगबाट अन्तर साङ्गीतिक चेतना सङ्केतसम्म देखिनु गद्य कवितालेखन सुधारको माथिल्लो तह मान्नु पर्दछ ।
नयाँ चेतनाका ऊर्जाशील समग्र संसार समेट्ने अनिमेष दाहालका तेह्रवटा कविताहरू यस सङ्ग्रहमा समाविष्ट छन् । ‘मभित्रको कवि’ बाट सुरु भई ‘एउटा गीत’ सम्मका कविता नवपुस्ताका प्रतिनिधि ज्योति बनेर यसमा झल्मलाएका छन् । ट्वाक्क भन्नुपर्ने मात्र भावलाई समेट्ने शाब्दिक बिम्ब छनोटमा यी कविताहरू सजिएका छन् । देशभित्रका राजनीतिक दुर्गन्धको अनुभवभन्दा टाढा, धार्मिक आग्रहका सङ्कीर्णताबाट मुक्त, देशप्रेमको क्यान्सर रोगबाट पनि अलग साँच्चै कवित्वचेत निर्धारणको पथमा यी कविता हिँडेका छन् ।
कवित्वचेत चल्मलाएको छ । कताकति परम्परित पुख्र्यौली पितृसंस्कारको पारिवारिक मोहका सङ्केत चाहिँ फक्रँदो कोपिला कवि अनिमेष दाहालमा पनि आभासित हुन्छन्, भेटिन्छन् । यो पहिलो प्रहर वा प्रकाशन भएकाले पछि उनी यसबाट मुक्त हुन्छन् भन्ने विश्वास म गर्दछु । कारण कवि/साहित्यकार कुनै पनि सङ्कीर्ण सीमाको सङ्केतक हुँदैन, हुनु पनि हुन्न । कवि वा साहित्यकारको कुनै भौगोलिक सीमा हुँदैन, व्यक्ति सीमा हुँदैन, पारिवारिक सीमा हुँदैन र वर्गीय सीमा पनि । यी सबै सीमाका स्वार्थभन्दा माथि सूर्य झैँ, चन्द्र झैँ, पृथ्वी झैँ समग्रलाई एकीभूत गर्ने शक्तिको आयाममा कवित्वचेतको फैलावट हुनुपर्दछ । नयाँ संसार सिर्जनाको सबल साहस प्रदर्शित हुन सक्नुपर्दछ ।
सप्तरङ्गी इन्द्रेणीका आँखाले विराट् विश्व चियाउँछन् । चर्मचक्षु बन्द गरेर अन्तर्चक्षुका बिम्ब विश्वासको फैलावट कविको सच्चा फैलावट हो । सङ्कल्प कवि माधुर्यको वासनादार आसन हो । भान्सामा ग्यास नबलोस् उसलाई परवाह छैन । खुलेको बोरामा मुसा रोउन् उसलाई मतलब छैन, हुनुहुँदैन ।
संसारको सबभन्दा ठूलो असल शक्तिका रूपमा व्यक्ति, समाज, अध्यात्म र वैज्ञानिक दर्शनले समेत लिन्छ । यस्तो प्रकृति पनि लामो समयको अन्तरालमा बिग्रिने, भत्किने र खज्मज हुने सम्भावना भइरहन्छ । बलवान प्रकृतिको यस खज्मजलाई समेत पुनः सिर्जित गर्ने, परिमार्जित गर्ने र पहिलेको भन्दा अझ राम्रो अझ सबल बनाउने शक्तिको नाम हो-सर्जक । यी सङ्केतहरू भर्खर कविता लेख्न लागेका नवपुस्ताका प्रतिनिधित्व गर्ने कवि अनिमेष दाहालमा प्रशस्त देखिन्छन् तर यो नै पर्याप्त होइन ।
भौतिक कुर्सी प्राप्त गर्न गाह्रो छैन, साना प्रयासमा नै सम्भव छन् । सिर्जना क्षेत्रका माथिल्ला आसन प्राप्त गर्न पहिलो जन्मजात नै कवित्व चेतनाका अंश हुनु नै अनिवार्य छ । ढुङ्गोलाई मुछौँ भनेर जतिसुकै टुक्र्याउँदै पिसे पनि सातु घोले झैँ त्यो पानीमा घोलिँदैन, चिया पिए झैँ त्यसलाई पिउन र यो सर्वत हो भन्न पनि सकिन्न । दोस्रो अनिवार्य शक्ति हो अभ्यास । अभ्यास पनि दुई खालका हुन्छन् – पठन अभ्यास र लेखन अभ्यास । पठन कम लेखन बढी भए अझ राम्रो । लेखन कम पठन बढीले चाहिँ मान्छेलाई या त दार्शनिक बनाउँछ या त नेता । कविहरू डाडाँका घोत्ल्याइँ नभएर हरिया पाखाका चरासँग बोल्न चाहन्छन् र फूलसँग मितेरी गाँस्न चाहन्छन् । मस्तिष्कको थोरै अंश भए पुग्छ कविहरूलाई ।
मन यसभन्दा बढी र दिलको पूर्णांशमा कविहरू कोकिल बन्छन् । सप्तरङ्गी इन्द्रेणीका आँखाले विराट् विश्व चियाउँछन् । चर्मचक्षु बन्द गरेर अन्तर्चक्षुका बिम्ब विश्वासको फैलावट कविको सच्चा फैलावट हो । सङ्कल्प कवि माधुर्यको वासनादार आसन हो । भान्सामा ग्यास नबलोस् उसलाई परवाह छैन । खुलेको बोरामा मुसा रोउन् उसलाई मतलव छैन, हुनुहुँदैन । हातमा हत्कडी लागोस् कवि कविताको सागर पौडन्छ । खुट्टामा नेल झुण्डिऊन् कवि कविताको पाउमा म्याराथन उभिन्छ । जसरी भोका पेट नीलो आकाशमा चरीहरू उन्मुक्त सङ्गीत सुसेल्छन् समाधिको आसन कविको स्वर्ग हो ।
निरन्तरता कवियात्राको सिसिफस हो । उन्मुक्त उडान कविमनको कालिदास हो । अभ्यास र निरन्तरतालाई डलरले डामेन भने अनि सीमाका हरेकतन्तुलाई पुख्र्यौली पैतृक/मातृक चेपाराले विकसित गराएन भने अनिमेष दाहालमा कञ्चन कवित्वचेतको उज्यालो अनुहार यस सङ्ग्रहका अधिकांश कवितामा उभिएको छ ।यसलाई हुर्काउने वातावरण पनि अनुकुल भएर अमेरिकावासी भएका गुलाफी कवि अनिमेषमा कतै धमिलोपन देखिन्नन् कविता लेखनका क्षेत्रमा ।
अन्तर्राष्ट्रिय बिम्ब विधानको जादूमय दुनियाँमा बल्दो आणविक शस्त्रास्त्र अनायास मृत्युका मुख पुग्न बाध्य वर्तमान विश्वको कहाली हुँदै अन्तरमानवीय संवेदनाका संवेदित भक्कानाहरू यिनका हरेक अन्तर्य बनेका छन् । अन्धविश्वासका अंश देखिँदैनन् । परम्परागत सङ्कीर्णताका साङ्ला कतै बेरिएका पनि पाइँदैनन् । स्वच्छन्दतावादी छ्याङ्ग उघ्रेको आकाशबाट बिग्रेका वैज्ञानिक खोँचससाना टाटासम्म हेर्न वंशवृक्षमा सङ्कलित हुँदै गरेका कवि अनिमेष दाहालका कविता सफल छन्-पहिलो झुल्कोमै । ‘मनराजा, यहाँको चलन, भूकम्प’ जस्ता शीर्षक छनौटमा नै यिनले आफ्नो कोपिलाउँदो र फक्रँदो कवित्वचेतको गुलावी संसार देखाएका छन् ।
‘बादलको विलौना, जीवन बिहानी, पैसा, बूढो’ जस्ता कविताका शीर्षक छनौट र भाव प्रवाहमा नै अनिमेश दाहालले सङ्कल्प र निरन्तरतालाई कायम राखे भने भोलिको नेपाली साहित्यको गौरव बन्न सक्छन् । यिनले कतै पनि ईश्वरप्रतिको, देशप्रतिको, आमा देवी र बाबु देवता अनि मेरी पत्नी र पुत्रपुत्री आहाको आभास दिएका छैनन् जम्मै आफैँभित्र भएर पनि । यस असल कवित्वचेतको पहिलो प्रशंसालायक उदाहरण पनि हो भन्दै वंशवृक्षका दुवै सर्जकलाई मुरी बधाईका साथ अक्षरयात्रा यहीँ बन्द गर्छु । कलेकुटी, रातो पुल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच