
शास्त्र भन्छ
धर्म र राजनीतिमा तात्विक फरक छ ?
त्यसैले भनिन्छ,
धर्मका आफ्नै नीतिहरू छन्
राजनीतिका आफ्नै नियमहरू छन् ।
न धर्ममा नराम्रा नीति छन्
न राजनीतिमा नराम्रा नियम छन् ।
धर्ममा भनेको छ
दुःखीलाई दया गरौँ
भोकालाई खान दिऔँ
निर्धोलाई साहारा दिउँ
पीडितलाई निष्पक्ष न्याय दिउँ
कसैलाई दानवीय पाराले नदवाउँ
सबैलाई निर्धक्कसँग बोल्न दिउँ
तर,
संसार धर्मको नीतिमा कहाँ चलेको छ ?
को धर्मको अनुशासनमा रहेको छ ?
यदि,
सबैले अनुशासित धर्म गरेमा
किन चाहिन्थे यी जेल, नेलका बन्धनहरू
किन पिरोलिन्थे र मानिस पीडा र व्यथामा
छोडेर सत्कर्मका स्वर्णीम पथहरू
किन डुब्दथे भ्रष्टाचारको पापी कुण्डमा ।
भनिन्छ आखिर धर्मको मूल एकै हो
तथापि धर्माधिसले स्वार्थको बाटो रोजेर
धर्मलाई राजनीतिमा घोलेर
स्वार्थले धर्मलाई पृथक-पृथक बनाएर
धर्ममा राजनीतिको द्वार खोलेका छन्
त्यसैले अहिले लाग्छ
धर्म र राजनीतिमा तात्विक फरक छैन
राजनीतिमा धेरैले राजा बन्नुपर्ने
धर्ममा धेरैले स्वमी बन्नुपर्ने
राजनीतिमा पार्टीका नाममा
जनताले झोला बोक्नुपर्ने
धर्ममा मन्दिर, चर्च र मस्जिदका नाममा
धर्माधीशहरूको मत मतान्तर हुनैपर्ने
धर्म गर्नेले नै नीति नबुझे पछि
धर्मात्माहरू नै झगडालु बनेपछि
के झगडा गरेर मुक्ति पाइन्छ ?
कुनै धर्ममा झगडा गर्ने भनेकै छैन ।
साच्चै भन्नु पर्दा
धर्मका नीतिमा चल्दा
को पो दुःखी हुन्छ होला
धर्मको नीति अनुशरण गर्दा
राजनीतिको नियम सुशासान
यसको मर्म अनुसार चल्दा
प्राप्त हुन्छ यही स्वर्गस्वाद
जनमतको कदर गर्दा
राजनीतिज्ञले जनमतको कदर गर्दा
कहाँ हुन्छ धती कम स्वर्ग भन्दा
धर्म कतै सानो ठूलो हुन्छ ?
सबैले धर्मको मर्मलाई बुझ्दा
सबैले आ–आफ्ना कर्तव्य पालना गर्दा
कसैले किन दुःखी पर्ला
त्यसैले भन्नु पर्दा
धर्म र राजनीतिमा तात्विक फरक छैन ।
धर्मको नीति बुझेर गरौ
राजनीति नियम बुझेर गरौ
अनिमात्र धर्म र राजनीतिमा फरक होला
सबै जनले सबैमा प्रेमभाव राखेमा मुक्ति अवश्य हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच