
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुन देशभर फैलिएको जनाएको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन जारी गरी मनसुन प्रणाली मुलुकभर नै विस्तार भएको जानकारी दिएको हो । देशभर मनसुन फैलन २३ दिन लागेको पनि महाशाखाले जनाएको छ । यस वर्षको मनसुन प्रणाली २०८२/०३/०६ (२० जुन २०२५) गतेका दिन देशभर फैलिएको बुलेटिनमा भनिएको छ । नेपालमा यस वर्ष मनसुन जेठ १५ गते (मे २९ तारिख) पूर्वी क्षेत्र कोसी प्रदेशमा प्रवेश गरेको थियो भने त्यसको १४ दिनपछि जेठ २९ गते मधेस प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानसम्म विस्तार भएको थियो ।
शुक्रबारदेखि भने देशका सबै स्थानमा मनसुन पुगेको महाशाखाले जनाएको छ । मौसमविद् प्रतिमा मानन्धरका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ । साथै देशका पश्चिम भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । उहाँले भन्नुभयो, ‘भारतको पश्चिम बंगाल आसपासका क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।’
नेपालमा मनसुन साधारणतया जुन १३ तारिखमा प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुन्छ । तर, यस वर्ष सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच