
यो संसार कुनै न कुनै मान्यतामा नै आधारित पाइन्छ । हाम्रा जीवन र जगतका यावत् विषयवस्तु पनि कुनै न कुनै मान्यतामा नै आधारित भेटिन्छन् । संसारमा जति पनि मानव र मनवीय व्यवहार व्यापार छन् ती सबै प्रकृतिको काखमा, आफ्ना इतिहास, शास्त्रीय परम्परा अनि स्थानीय मूल्य र मान्यतामा प्रचलित पाइन्छन् । चाहे एक देशीय हुन् चाहे सर्वदेशीय कुनै न कुनै मान्यतामा नै आधारित पाइन्छ । यसरी मान्यता भनेको सबैले अपनाएको चलन वा पन्थ हो ।
जसरी गणतिमा कुनै यक्स र वाइको मान्यताबाट अघि बढ्छ र सार्थक गणित प्राप्त हुन्छ । पछिको गणित जे जति आए पनि मूल आधार भनेका ती नै दुई घटक हुन् । जसलाई आधार मानेर बाँकी कार्य गरिन्छ । यसैगरी यी आधार कुनै न कुनै मान्यतामै अडिएका हुन्छन् । जसबाट अघिको कार्य व्यापार सम्पन्न हुने गर्दछ । कम्प्युटर पनि शून्य र एकको मान्यतामा चलेको छ । त्यो शून्य र एक पनि मानएिको मान हो । वास्तवमा त त्यो बत्ती निभ्ने/बल्ने मान्यता हो । अझ भनौँ इलोक्ट्रोनको प्रवाह भएको/नभएको भन्ने भन्ने हो । जसलाई कम्पायल (समन्वय) गर्न शून्य र एकको मान्यता दिइन्छ र सोही आधारमा सम्पूर्ण गणना हुन्छन् ।
पूर्व-पश्चिम आदि दिशा पनि मान्यतामै आधारित छन् । जापानभन्दा पूर्व पनि स्थान छन् । अन्तर्राष्ट्रिय तिथिरेखा मानेर त्यहाँबाट वर सूर्य आए पूर्व र अनि पर गए पश्चिम मानिएको छ । वास्तविक पूर्व खोज्दै जाने हो भने पत्ता लाग्दैन । जहाँबाट सूर्य उदाए त्यहीँ पूर्व हुन्छ ।
रङ, आवाज, अक्षर, अङ्क सबै यसैले निर्धारण गरेको हुन्छ र हामी व्यवहारमा ल्याउने गर्दछौँ । जति आवाज छन् ती सबै कि त शून्य हुन् कि त एक हुन् । अझ भनौँ कि त निश्चित् स्थानमा बिजुलीको करेन्ट प्रवाहित भएका हुन् कि नभएका हुन् । यसरी तय भएको मान्यताबाटै आज असाध्य कुरा साध्य भएका छन् । अर्बाैं गणित र गणना सहजै हुन थालेका छन् । आजको एआईको युग उदाएको छ ।
ज्योतिषका गणना पनि कुनै एक मान्यतामा आधारित हुन्छन् । कुनै एक सिद्धान्तमा चल्नुपर्ने हुन्छ । त्यसलाई मानक बनाएर अघिका कार्य गर्न यस्तो अपनाउनुपरेको हो । देशान्तर र अक्षांश पनि मानिएका हुन् । भूकेन्द्रलाई शून्य र ध्रुवप्रदेशलाई ९० अंश अक्षांश मानिएको नै हो । यसैगरी पौरस्त्य गणन शून्य अक्षांशको स्थानलाई लङ्का तोकिएको हो । लङ्का हुँदै दुई ध्रुवप्रदेशमा गएको रेखालाई रेखादेश वा शून्य देशान्तर मानिएको हो । जसलाई आधार मानेर वैदिक गणना गरिन्छन् । आज त्यही शून्य देशान्तरलाई ग्रीनबीचमा लगेर समय निर्धारण गरिएको छ । लङ्काबाट गरिएका गणना पनि सोही बिन्दुमा प्राप्त हुन्छन् जुन ग्रीनबिचबाट गरिन्छ । यसबीचको देशान्तर समायोजन भने आवश्यक हुन्छ ।
पूर्व–पश्चिम आदि दिशा पनि मान्यतामै आधारित छन् । जापानभन्दा पूर्व पनि स्थान छन् । अन्तर्राष्ट्रिय तिथिरेखा मानेर त्यहाँबाट वर सूर्य आए पूर्व र अनि पर गए पश्चिम मानिएको छ । वास्तविक पूर्व खोज्दै जाने हो भने पत्ता लाग्दैन । जहाँबाट सूर्य उदाए त्यहीँ पूर्व हुन्छ तर पृथ्वीको कुनै न कुनै भागमा सूर्य उदाइ नै रहेका हुन्छन् । यसैले एक स्थानलाई आधार मानियो । कुनै स्थानका लागि पूर्व भएको त्यही स्थान कुनै स्थानबाट पश्चिममा पनि रहन्छ । यसैले भास्कराचार्यले यो पूर्व–पश्चिमको विषय पनि विचित्रको मानेका छन् । किनकि यस मान्यतामा नै आधारित हो । तिथिरेखाकाको एकातिर पूर्व र अर्कातिर पश्चिम मानिएको छ । जसबाट हाम्रा समय निर्धारित भएका छन् । यसरी नमान्ने हो भने व्यवहार चलाउन कठिन हुन्छ ।
हाम्रो समय पनि यही मान्यतामा आधारित छ । नेपालका पनि स्थान अनुसार स्थानीय समय भिन्न हुन्छन् तर ग्रीनबीचबाट हाल ८६।१५ पूर्वी देशान्तरलाई नेपली समय मानिएको छ । यसैबाट नेपालको मानक समय तय गरिन्छ । यसैमा हाम्रा घडीका सुई पनि घुमाइन्छन् । जसबाट स्थनीय समय संस्कार गरेपछि उक्त स्थानका स्थनीय समय हुन पुग्छन् । जसरी नेपालको काँकडभित्ता र भारतको पानीट्याङ्कीबीचको समयमा १५ मिनेको समय अन्तर छ । दूरीका हिसाबले खोला वारि र पारीमात्र हो ।
यस्तो हुनुको पछाडि पनि उही मान्यताले नै काम गरेको छ । भारतको मान्य समय भारतका जुनसुकै भूभागमा पनि चल्छन् नेपालका नेपालकै मान्यताअनुसार चल्छन् । यसैले स्थानको दूरी नभए पनि देशको मान्यताको दूरीका कारण यस्ता स्थिति सिर्जना हुने गर्दछन् । यसैले यो मान्यतामा चल्नु नै पर्ने हुन्छ । त्यहाँको वास्तविक समयसँग कार्य व्यवहार र व्यापार गर्दा निकै अन्यौल रहन जान्छ । हामीले बाँध्ने घडी पनि मध्यम मानको मान्यतामा नै आधारित छ । वास्तमा ठ्याक्कै २४ घण्टाको दिन हुँदैन । दिन हुने क्रममा पनि निरन्तर अस्थिरता रहिरहन्छ । यसैले पौरस्त्य मान्यतामा ६० घडी वा २४ घण्टाको एक दिन भनी मानिएको हो । सोही मान्यतालाई आजका आधुनिक घडीमा पनि समावेश गरिन्छ । वास्तवमा यो मान अस्थिर छ । त्यो अस्थिर चक्रलाई मान्ने हो भने हाम्रा घडीको समय पनि विचलित भइरहन्छ । यसैले व्यवहारसिद्धिका निम्ति नै भए पनि २४ घण्टाको एकदिन मान्नुपर्ने हुन्छ जसबाट व्यवहार चलाउन सहज हुन्छ ।
सुनलाई विश्वव्यापी मान्यता दिएकै कारण महत्वपूर्ण भएको हो । यसका राम्रा गुण भएर पनि हो हुन त तर मूल रूपमा सुनलाई सबैले मूल्यवानको मान्यता दिएर नै यति महत्वको भएको हो । त्यसभन्दा महँगा रत्न पनि त छन् तर किन दिइँदैनभन्दा सुन सार्वात्रिक सर्वव्यापी र सर्वप्राप्य भयो अरू भएनन् ।
वैदिक मान्यतालाई स्थापित गर्न हाम्रा ऋषिले शास्त्रको प्रदितपादन गरेका छन् । ती शास्त्रको मूल आधार वेद हो । यसरी वैदिक मूल्य र मान्यताका आधारमा व्यवहार सिद्धान्त बनाएका छन् । तिनै सिद्धान्त ज्योतिषशास्त्रका गणनाका मूल आधार हुन् । आकाशीय अश्विनी तारालाई प्रथम पनि मानिएको नै हो । जसबाट ज्योतिषीय परिगणना सहज हुन्छन् । नक्षत्र, राशिचक्र पनि मानिएको नै हो । ब्राहृमण, आरण्यक, उपनिषद्, उपवेद, वेदाङ्ग, दर्शन, इतिहास, पुराणलगायत सबै शास्त्र मूल रूपमा वेदपरक नै छन् र वेदलाई नै मूल आधार मानेका छन् । यसैले वैदिक विषवस्तुको तुलना अन्यत्र हुन सक्दैन । पैसा पनि मन्यतामा आधारित रहेको एक नमुना हो । नोटले एक मान्यता बोकेको हुन्छ । त्यो मान्यतालाई राष्ट्रले स्वीकारेको हुन्छ र व्यवहारमा चल्ने गर्दछ । वास्तवका कागज नै हो पैसा पनि । त्यसमा मान्यता भरेपछि त्यसले मन्य शक्ति प्राप्त गर्दछ । यस्ता मान्यता व्यवहार सिद्धिका निम्ति आवश्यक पर्दछन् । हरेक क्षेत्रमा यस्ता मान्यता सर्वत्र व्याप्त छन् । यदि मान्यता नदिने हो भने त्यो पनि कागज नै हो । विनिमय हुनसकेन भने त्यसको कुनै मूल्य रहँदैन ।
मान्यताको परिकल्पनाबाटै संसारी विषयवस्तु चलेका छन् । एक मान्यताले अर्को मान्यतालई संरक्षण गर्दछ त्यसैले त्यो त्यहाँ मान्य हुन्छ । कुनै स्थानको हास्य विषय अर्को स्थानमा हास्य नहुन सक्छ । किनिकि देश काल अनुसार मान्यता भिन्न हुन्छन् । हास्य कलाकारले देश, काल र परिस्थिति अनुसारको विषवस्तु दिन सकेनन् भने त्यहाँ त्यो हास्यको विषय नहुनसक्छ । यसैले स्थानअनुसार यस्ता मान्यतामा पनि भिन्नता रहने गर्दछ । जस्तो कि नेपाली पैसा नेपाल–भारतका सीमा इलाकामा त चल्छ तर त्यसभन्दा पर गएर दिने हो भने चल्दैन भारती रुपैयाँ नै माग्छन् । तर, नेपालका मुख्य शहरमा भारतीय रुपैयाँ त्यस्तो नचल्ने नै हुँदैनन् । कम चल्छन् । किनकि यो देशले दिएको मान्यता, स्थानीय मान्यताका कारणले यस्तो हुन्छ ।
सुनलाई विश्वव्यापी मान्यता दिएकै कारण महत्वपूर्ण भएको हो । यसका राम्रा गुण भएर पनि हो हुन त तर मूल रूपमा सुनलाई सबैले मूल्यवानको मान्यता दिएर नै यति महत्वको भएको हो । त्यसभन्दा महँगा रत्न पनि त छन् तर किन दिइँदैनभन्दा सुन सर्वात्रिक सर्वव्यापी र सर्वप्राप्य भयो भने अरू भएनन् । त्यसभन्दा पनि सबैले मान्यता दिएर यति महत्वको भएको हो । जीवन र जगत्का यावत् विषयवस्तु मान्यतामा नै आधारित छन् । कतिपय प्रत्यक्ष देखिन्छन् त कतिपय अप्रत्यक्ष हुन्छन् । प्रत्यक्ष देखिने मूर्त हुन् अप्रत्यक्ष नदेखिने अमूर्त हुन् । दुवै स्वरूपमा मान्यता प्रचलित पाइन्छन् । संसारी मान्यता संसारले नै आफ्नो व्यवहार सिद्धिका निम्ति बनाएका छन् । जसबाट हाम्रा दैनन्दिनी कार्य सम्पादन हुने गर्दछन् । यसैले मान्यतालाई सार्थक बनाउन नै मानव जीवन निरन्तर चलिरहेको पाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच