
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५ औं महाअधिवेशन २०८३ भदौमा हुने बताउनु भएको छ । पार्टी अधिवेशन कहिले हुने भन्ने अन्योल छाएको बेला महामन्त्री शर्माले महाधिवेशनको मिति नै किटान गर्नु भएको हो ।
" २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु हुन्छ, ०८३ भदौमा महाधिवेशन हुन्छ", नेपाली कांग्रेस झापाको बिस्तारित बैठकमा उहाँले भन्नुभयो,"अधिवेशन कहिले हुन्छ, कहिले भनेर अलमल नगर्नुस्, आवश्यक तयारी र काममा जुट्नुस् ।" उहाँले क्रियाशील सदस्यताको विषयमा जिल्लामा भइरहेको कामका बारेमा जानकारी लिनुभएको छ ।
सम्बोधन अघि महामन्त्री शर्मालाई जिल्ला पार्टी कार्यालयमा सम्मान गरिएको छ । सगरमाथाको ७ हजार २ सय मिटरसम्म आरोहण गरेर फर्कनु भएको भन्दै सम्मान गरिएको हो । शर्माको हिम्मतको जिल्ला पार्टीले खुलेर प्रशंसा गरेको छ । थप प्रगति र सगरमाथाको सफल आरोहणकाे कामना समेत जिल्ला पार्टीले गरेको छ । ०८३ मा महामन्त्री शर्माले सगरमाथा आरोहणको लक्ष्य राख्नु भएको छ ।
जिल्ला पार्टी सभापति देउकुमार थेवे, उपसभापति शेरबहादुर भट्टराई, सचिव नवीन विमलीलगायत जिल्ला पार्टी पदाधिकारी, क्षेत्र, प्रदेश तथा पालिकाका पदाधिकारीले खादा पहिर्याएर उहाँलाई सम्मान गरेका थिए ।
एकसाता लामो गृहजिल्ला बसाइँका क्रममा महामन्त्री शर्माले विभिन्न विकास निर्माण तथा अनुगमन गर्नु भएको थियो । यसक्रममा जिल्ला पार्टी कार्यालयको पुननिर्माण कार्यको निरीक्षण गर्दै आफ्नो तर्फबाट सहयोग रहने वचन दिनुभयो । उहाँले जिल्ला पार्टी कार्यालयलाई आधुनिकीकरण गर्ने कार्यमा सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
बैठकमा कांग्रेसले काम गर्न नसकेको तथा लोकतन्त्र स्थापनापछि पनि नागरिकको पक्षमा काम हुन नसकेको आवाज उठेपछि महामन्त्री शर्माले काम भएको तर जनअपेक्षा अनुसार हुन नसकेको स्वीकार गर्नुभयो ।
उहाँले कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण र समृद्धिको प्रचार गर्न आग्रह गर्दै सस्तो लोकप्रियताका पछि कुद्ने समस्या जटिल बन्दै गएको टिप्पणी गर्नुभयो । महामन्त्री शर्माले शिक्षा, स्वास्थ्य, सूचना तथा सञ्चार,सडक , जलविद्युतका क्षेत्रमा उल्लेख काम भएको बताउनुभयो।
उहाँले पार्टीले गरेका कामको प्रचारप्रसार गर्न नसकिएको र अरुले केही भएन भनेर भन्दा हो कि भनेर त्यसकै पछि लाग्दा अन्योल सिर्जना भएको दाबी गर्नुभयो । उहाँले अरु पार्टीले सानासाना कामको प्रचारप्रसार गरे पनि कांग्रेस कार्यकर्ता त्यसमा कमजोर भएको उल्लेख गर्दै प्रचारप्रसारमा जुट्न आग्रह समेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच