
काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजको संघीय संसद् बैठक पनि अवरुद्ध गरेका छन् ।
सांसदहरू संसद्मा संसदीय छानबिन समिति गठनको माग गर्दै विरोधमा उत्रिएका हुन् । बैठकको कार्यसूची अघि बढ्न नदिँदै दुबै दलका सांसदहरूले सभा माझ आवाज बुलन्द गरेका हुन्।
रास्वपाकी सांसद सुमना श्रेष्ठले आफुहरुले बेचिएका नेपाली नागरिकहरूको आवाज उठाएकाे बताउनु भयाे ।
त्यस्तै, राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुभयाे ।
संसद्मा जारी यो अवरोधका कारण महत्वपूर्ण विधेयक र छलफलहरू प्रभावित भइरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच