
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ ।
पार्टी स्थापना दिवसका अवसरमा माईतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी स्थापनाका दिनदेखि आजसम्म सहयोग र साथ दिने सबैलाई धन्यवाद दिनुभएको थियो ।
उहाँले भन्नुभयो, ‘हामीलाई शुरुका दिनदेखि आजसम्म अहोरात्र स्वदेशमा तथा विदेशमा बसेर भौतिक रुपमा वैचारिक रुपमा साथ दिनुहुने सम्पूर्ण नेपालमा तथा विदेशमा बस्नुहुने तमाम नेपाली दाजुभाई दिदीबहिनीहरु र उहाँहरु समक्ष हाम्रा सूचनाहरु पुर्याउनुहुनेप्रति एकमुष्ट शुभकामना दिन चाहन्छु । केही समयअघि मृत्यु वरण गर्नुभएका सुरेश रजकको परिवारलाई तेस्रो स्थापना दिवसको दिन पारेर तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छौं ।’
उहाँले पार्टीका सूचनाहरु जनतासम्म पुर्याउने सम्पूर्ण सञ्चार जगत र पार्टीप्रति आस्था र विश्वास गर्ने आम नागरिकलाई धन्यवाद दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच