
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न छानविन समिति बनाउन एक महिना कुर्न नहुने बताउनुभएको छ ।
प्रतिनिधि सभाको शनिवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गृहमन्त्री रमेश लेखकको बारेमा भिजिट भिसा प्रकरण प्रश्न उठेको भन्दै यसबारेमा छानविन समिति बनाउन एक महिना कुर्न नहुने बताउनु भयो । उहाँले त्यसअघि नै छानविन समिति बनाएको खण्डमा गृहमन्त्रीमाथि लागेको आरोपबारे पनि अनुसन्धान भइ संसद सुचारु हुन सहज हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्युको बारेमा गम्भीर प्रश्न उठेको छ । यसमा भिजिट भिसाको सम्बन्धमा आज देखिरहनुभएको छ । सरुवा, बढुवा प्रणालीमा पनि जुनियरलाई सिनियर र सिनियरलाई जुनियर भन्ने गरिएको छ । यि सबै विषयहरुमा कमसेकम यो संसदले एउटा छानविन समिति बनाउनुपर्छ । एक महिना भित्रमा आफैँ पनि बनाउने भनेर बोल्नुभएको छ । एक महिना किन पर्खिने चाँडै गरिदिए एउटा निकास पनि हुन्छ । तपाईंमा लागेको, गृह मन्त्रालय, भिजिट भिसामा देखिएको समस्याहरुको बारेमा समाधान हुन्छ । गृह प्रशासनसँग सम्बन्धित विकृति, विसंगतिलाई पनि अन्त्य गर्न त्यो मोडलबाट जानुपर्छ ।’
सांसद मोदीले भिजिट भिसा प्रकरणमात्र नभइ गृह प्रशासनसँग सम्बन्धित विकृति अनुसन्धान गर्न पनि छानविन समिति बनाउनुपर्ने माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच