
धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडकखण्ड भोलि आसर ८ गते देखि असार ९ गतेसम्म रातको समयमा बन्द हुने भएको छ।
ती दिनहरूमा राति १०:३० देखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको हो।
निर्माणाधीन अवस्थामा रहेको नौबिसे–मलेखु सडकखण्डस्थित धादिङको गजुरी गाउँपालिकाअन्तर्गत गलौदी खोलामा आरसीसीबीम राख्ने काम गर्न बाँकी रहेका कारण असार ८ देखि ९ गतेसम्म २ दिन रातको समयमा सवारीसाधन आंशिक बन्द हुने नागढुंगा–मुग्लिङ सडक आयोजना ९पूर्वी खण्ड०का योजना प्रमुख केशव प्रसाद ओझाले जानकारी दिनु भयो।
सो समयमा अत्यावश्यक सवारीका साधनहरू बाहेक अन्य सवारी बन्द रहने स्थानीय प्रशासनले जनाएको छ । यस समयमा राजधानी काठमाडौँ प्रवेशका लागी आएका सवारीका साधनहरूलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ ।
नौबिसेतर्फबाट मलेखु आउँदै गरेका सवारीका साधनहरुलाई बैरेनी, आदम घाटतर्फ रोकिने छ । जिल्ला प्रशासन कार्यालय धादिङसँगको समन्वयमा सडक आयोजनले सो सूचना जारी गरेको हो । बन्दको समयमा दमकल प्रहरी र एम्बुलेन्स जस्ता सवारीका सधनहरुलाई भने रोकिने छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच