भोजपुर । योग शिक्षालाई नियमित गर्न सकिएमा यसले जीवन परिवर्तनमा पनि सहयोग गर्ने भोजपुरमा आयोजित योग दिवसका सहभागिहरुले बताउनु भएको छ ।
११ औं अन्तराष्ट्रिय योग दिवसका अवसरमा शनिवार भोजपुरमा आयोजित कार्यक्रमका उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण बहादुर मोक्तानले मानव जिबनको दैनिकीमा योग अत्ति आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “योग शिक्षाले मानिसको दैनिक, आहार बिहार र व्यायम आदिमा ध्यान दिन र आफु र समाजलाई स्वस्थ्य जिवन दिन महत्वपूर्ण भुमिका निर्वाह गर्दे आई रहेको छ ।” यसलाई नियमित गर्न आवश्यक देखिन्छ । पतञ्जली योग समिति भोजपुर र महिला पतञ्जली योग समिति लगायतका संघ संस्थाले योग दिवसका अवसरमा योग अभ्याश सहितको बिभिन्न कार्यक्रमहरु आयोजना गरेको हो ।
कर्मचारी मिलन केन्द्र भोजपुरको सहकार्यमा भोजपुरमा हाल नियमित आर्युवेद स्वास्थ्य केन्द्रको आयोजनामा योग अभ्याश भई रहेको छ । सोहीक्रममा अन्तराष्ट्रिय योग दिवसको अवसरमा केन्द्रको आयोजनामा पनि बिभिन्न कार्यक्रम गरिएको छ ।
कार्यक्रममा सहभागिहरुले स्वस्थ जीवन प्रवर्धनका लागि योग अभ्याश जरुरी रहेको धारणा राख्दै जिल्ला तहमा आर्युवेद स्वास्थ्य केन्द्र मार्फत संचालन हुदै आएका नागरिक आरोग्य कार्यक्रम प्रभावकारी देखिएको बताउनु भएको थियो । स्वस्थ, सुखी र समृद्ध समाज निर्माणका लागि पनि योग जरुरी रहेको खेलकुद बिकास समिति भोजपुरका कार्यालय प्रमुख गेल्जेन शेर्पाले बताउनुभयो ।
सदरमुकाम सहित हाल भोजपुर जिल्लामा रहेका तीन वटा आयुर्वेद औषधालयमा नागरिक आरोग्य अभियान सञ्चालन भई राखेको छ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि हरेक बर्षको जुन २१ तारिखमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै आइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच