
रुपन्देही । वर्षायाम सुरु भएसंगै लामखुटेबाट फैलेने डेंगु रोग रोकथाम गर्नको लागी बुटबल उपमहानगरले टोल बिकास समितिका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरेको छ ।
पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
बुटबल उपमहानगर पालिका स्वास्थ्य शाखा प्रमुख युबराज पान्डेलको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यलय रुपन्देहीका भेक्टर कन्टोलर अधिकृत केदारनाथ शाहले गर्नु भएको थियो ।
नगरपालिका १९ वडाका ३ सय टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा अभिमुखीकरणमा वोल्दै शाहले डेंगु रोगको जोखिमलाई नियन्त्रणमा लिन सबैसचेत हुनु पर्ने बताउनु भयो । उहाँले टोलमार्फत सबै नागरिकलाई रोगको वारेमा जानकारी गराउने कसरी बच्न सकिन्छ र के गर्नु पर्छ भन्नेबारे सचेतना फैलाउन आग्रह गर्नु भयो ।
स्वास्थ्य शाखा प्रमुख पान्डेले डेंगु नियन्त्रणका लागि पूर्वतयारी,र जनचेतना महत्वुर्ण काम भएको बताउनु भयो । उहाले सबैको सहकार्यबिना यो सम्भव नभएको बताउदै डेंगुबाट बच्न र बचाउन लामखुट्टेको वृद्धि रोक्न सफा अभियान’ लाई नियमित गर्न सबै टोलबासीलाई आग्रह गर्नु भयो ।
उहाँले बुटबलमा भएको डेंगु रोगको ईतिहास अबस्था र बच्ने उपायका बारेमा जानकारी गराउनु भयो । बुटबलमा गत बर्ष ५० जनामा डेंगु भेटिएपनि बुटलका ४ जनामात्र रहेको र अरु वाहिर जिल्लाबाट आएको जानकारी गराउनु भयो ।
अभिमुखीकरण कार्यक्रममा कालिका मानबज्ञाब ज्ञान माबिका प्राचार्य दिनेश थापा ईन्द्रेणी ग्रामिण बिकास परिषका किरण श्रेष्ठ लगायतको सहभागीता रहेको कार्यक्रमको संञ्चालन जनस्वास्थ्य निरीक्षक मिन प्रसाद खनालले गर्नु भएको थियो ।
डेंगु के हो
डेंगु लामखुट्टेको टोकाईबाट हुने भाईरल संक्रमण हो । यो एकप्रकारको ज्वरो हो । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण शुरु हुन्छ ।
डेंगु सार्ने लामखुट्टेले सफा र हलचल नभएको पानीमा फुल पार्छ । खास त बर्षादको समयमा हलचल नभई पानी जम्नसक्ने खाली डब्बाहरु, ड्रम, गमला, पानी टंकी, खोलेर राखेका गाडीका टायर, खुल्ला टिनका बाकसहरु यी लामखुट्टेले फुल पार्ने संभावित ठाऊँ हुन् । हाल शहर बजार क्षेत्रमा यी लामखुट्टेको संक्रमण बढि पाईएको छ ।
डेंगुको संक्रमण गराउने चार प्रकारका भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ हुन । यो संक्रमण फैलाउने एडिज लामखुट्टे कालो रङको र जिऊमा सेतो थोप्लो भएको पाईन्छ । यो लामखुट्टेले विशेषगरी दिनको समयमा टोक्ने गर्छ ।
डेंगु रोगका प्रकार
डेंगु रोग तिन प्रकारका छन् । क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम मध्ये क्लासिक डेंगु सामान्य डेंगु हो । यसको उपचार खासै जरुरी पर्दैन । तर डेंगु हेमोरेजिक ज्वरो या डेंगु साक सिन्ड्रोमको संक्रमण भयो भने अवश्य उचित उपचारको जरुरत हुन्छ अन्यथा संक्रमित व्यक्तिको ज्यान समेत जानसक्छ ।
लक्षणहरु
डेंगु ज्वरोको मुख्य लक्षण अचानक उच्च ज्वरो आउने र हप्तादिनसम्म यसले सताईरहने हो । ज्वरोको साथमा निम्न लक्षण देखिए डेंगु संक्रमण हुनसक्छ !
– असहय हुनेगरी टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–शरीरमा विमिरा आउने
–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
–वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षण हुन सक्छन् ।
डेंगुबाट बच्ने उपाय ः
–डेंगुका लामखुट्टे सफा पानिमा बस्ने हुँदा घर वरपर पानी जम्ने खाडल, पुराना टायर, पुराना सिसा बोत्तल जस्ता पानी जम्ने चिजहरु नराख्ने
–सकेसम्म लामो बाहुला भएको, शरिर पुरै छोप्ने खालका कपडा लगाउने, यसबाट शरिरलाई लामखुट्टेको टोकाईबाट टाढा राख्न सकिन्छ ।
–प्राय दिउँसोमा यो लामखुट्टेको टोकाईबाट बच्नुपर्छ ।
–पानी टंकी छोपेर राख्ने
– फुलदानीमा पानी फेरबदल गरीरहने ।
–सुत्दा प्राय झुल प्रयोग गर्ने । बालबालिकालाई झुलको प्रयोग अनिवार्य गर्ने ।
–घरमा लामखुट्टे घुस्न नदिन झ्याल ढोका खुल्ला नछोड्ने, पर्याप्त जालीको व्यवस्था गर्ने
–सकिन्छ लामखुट्टेको टोकाईबाट बच्ने मलमको प्रयोग गर्ने
त्यस्तै माथी उल्लेखित लक्षणहरुको आशंका लागेमा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गई चेकजाँच गराउनुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच