
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको आपूर्तिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आज नागार्जुन नगरपालिका वडा नं–४, ५ र ६ स्थित भैरबटोल सितापाईला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकार नागरिकहरूका स्वच्छ खानेपानीका अपेक्षा पूरा गर्नका लागि दृढतापूर्वक प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नागरिकहरूले स्वच्छ खानेपानी र सरसफाईका लागि ठूलो अपेक्षा राख्नुभएको छ । म विश्वास दिलाउन चाहन्छु, हाम्रो मन्त्रालय नागरिकहरूको अपेक्षा पूरा गर्नका लागि दृढतापूर्वक प्रतिबद्ध छ ।”
स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानीमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोही अनुरूप, खानेपानी मन्त्रालय यस्ता आधारभूत सेवामा सबै नागरिकको समान पहुच सुनिश्चित गर्न निरन्तर प्रयत्नशील रहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री यादवले खानेपानी सेवाको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सशक्त समन्वय आवश्यक रहेको औँल्याउनुभयो । उहाँले स्थानीय उपभोक्ता समितिहरूलाई अझ सशक्त बनाउँदै खानेपानी सेवा व्यवस्थापनमा उहाँहरूको भूमिकालाई अझ सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
आगामी वर्षमा देशका प्रमुख सहर तथा ग्रामीण क्षेत्रहरूमा खानेपानी योजना विस्तार, शुद्धीकरण संयन्त्रहरू स्थापना, पाइपलाइन विस्तार र भूमिगत जल स्रोत संरक्षणका कार्यक्रमहरू अघि बढाइने उहाँको भनाई छ ।
कार्यक्रममा भैरबटोल सितापाईला खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुरेशप्रसाद ढुङ्गानाले खानेपानी सेवा प्रवाहमा नागरिक–सरकार सहकार्य अझ सुदृढ भई नागरिकलाई शुद्ध र पर्याप्त खानेपानीको पहुँच सुनिश्चित गर्न सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका नगरउपप्रमुख शुसिला अधिकारी, जनप्रतिनिधि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख पूर्णप्रसाद उपाध्याय, स्थानीय उपभोक्ता, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच