
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ ।
धनगढी उपमहानगरपालिकाको नगर सभाबाट २ अर्ब ५६ करोड चार लाख ६६ हजारको बजेट पारित भएको हो ।
धनगढी उपमहानगरले चालु आर्थिक वर्षको बजेट भन्दा ३७ करोड ६२ लाख ३३ हजार सात सय ८० रुपैयाँ अर्थात् १७ दशमलव २२ प्रतिशतले बजेट वृद्धि गरेको छ ।
धनगढी उपमहानगरपालिकाले एक अर्ब ३८ करोड २६ लाख ५१ हजार छ सय ४० रुपैयाँ चालुतर्फ र एक अर्ब १८ करोड २९ लाख ३५ हजार २ सय ९२ रुपैयाँ पुँजीगत तर्फको बजेट पारित गरेको छ । उपमहानगरपालिकाको कुल बजेटको ५३ दशमलव ८ प्रतिशत चालु तर्फ र ४६ दशमलव २ प्रतिशत पुँजीगत बजेट रहेको छ ।
धनगढी उपमहानगरपालिकाको आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार एक सय ११ रुपैयाँ रहेको छ । राज्यश्व बाँडफाँडबाट ५७ करोड ६० लाख ६२ हजार एक सय ४३, नेपाल सरकारबाट वित्तीय हस्तान्तरण ९९ करोड नौ लाख, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण ११ करोड २२ लाख ४१ हजार र मौज्दात ३३ करोड ३२ लाख ९५ हजार सात सय ४६ रुपैयाँ रहेको छ ।
धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २ सय २० रुपैयाँ बजेट ल्याएको थियो । उपमहानगरको चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म एक अर्ब ८१ करोड पाँच लाख ८४ हजार सात सय २२ रुपैयाँ खर्च गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच