
समाचार सारांश
-
बाबुराम भट्टराईले ब्रिटिश गोरखालाई वंशजका आधारमा नेपाली नागरिकता दिनुपर्ने बताउनु भएकाे छ ।
-
उहाँले गोरखालाई नागरिकता नदिनु अन्यायपूर्ण भएको र भर्ती बन्द गर्ने हिम्मत नभए नागरिक अधिकार नखोस्न चेतावनी दिनुभभयाे।
-
नागरिकता विषयमा नेपालमा बुझाइको अभाव रहेको पनि उनले उल्लेख गर्नुभयाे ।
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरुलाई वंशजको आधारमा नै नागरिकता दिनुपर्ने बताउनुभएको छ ।
शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताउनु भयो । नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजको आधारमा पाउने नागरिकताबाट वञ्चित गर्नेकुरा राम्रो नभएको बताउनु भयो । हिम्मत र शाहस भए ब्रिटिश गोरखा भर्ती बन्द गर्न आग्रह गर्नुभयो । नत्र भने आफ्नै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार कसैलाई नरहेको जिकिर गर्नुभयो । नेपालमा नागरिकताको विषयमा बुझाइको अल्पता रहेको बताउनु भयो । संसारमा राष्ट्रिय राज्य रहेसम्म प्रत्येक मानिसको नागरिकता हुने बताउनु भयो ।
अध्यक्ष भट्टराईले भन्नुभयो, ‘नागरिकताको विषयमा नेपालमा असाध्यै बुझाईको अल्पता छ । हाम्रो गहिराईमा गएर कुनैपनि चिजलाई बुझ्ने, विश्वको पछिल्लो प्रवृृत्तिसँग आत्मसाथ गर्ने र त्यसअनुसार आफ्नो पदचाप मिलाउने कुरामा हामी हमेसा चुकेका छौँ । नागरिकता भनेको चिज सबैभन्दा महत्वपूर्ण विषय हो । राष्ट्रिय राज्य नै भएनन् भने बेग्लै कुरा । जतिबेलासम्म संसारमा राष्ट्रिय राज्य रहन्छन्, तबसम्म प्रत्येक मानिसको नागरिकता हुन्छ । उसले रगतको आधारमा जुन प्राप्त गर्ने अधिकार हुन्छ, त्यो कसैले खोज्न सक्दैन । एलन मस्कको तीन वटा देशको नागरिकता छ । बाउ दक्षिण अफ्रिकाको भएकाले वंशजको आधारमा नागरिकता छ, आमा क्यानडेली भएकाले वंशजको आधारमा नागरिकाता छ । पछि अमेरिकामा गएर बसोवास गरे, त्यहाँ उनको अंगीकृत नागरिकता छ । वंशजको नागरिकता खारेज हुन सक्दैन, उसले स्वेच्छाले छोड्यो भने मात्रै हो भन्ने बहस भयो । तर हामी हाम्रै नागरिकहरुलाई अर्काको सेनामा भर्ती हुन पठाउँछौँ । सुगौली सन्धीको बेलादेखि हो । कि त हामीले पठाउनु भएन, पठाउने, तिनले ल्याएको पैसाले हाम्रो अर्थतन्त्र मौद्रिकीकरण भएकै तिनीहरुले ल्याएको पैसाले हो । एकातिर हामीले आफ्नो देशको नागरिकलाई पठाउने, कि त पठाउनै हुँदैन थियो । हाम्रो हिम्मत र शाहस छ भने गरौँ त्यस्तो । होइन भने उनीहरु त्यहाँ जाने, त्यत्रो योगदान गर्ने, उनीहरुले प्रकारान्तले नागरिकता खोस्नेकुरा भएको छ । त्यसलाई सच्याऔँ । नत्र भने हाम्रै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार हामीलाई छैन । यो लोकतन्त्र हो । सबैले लडेर ल्याएको । संविधानमै कसैलाई पनि नागरिकताबाट वञ्चित गर्न सकिँदैन भनेर लेखिएको छ । ’
अध्यक्ष भट्टराईले नेपालकै नागरिकको नागरिकता खोस्ने अधिकार कसैलाई नरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच