
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका जिल्लाको पहिलो बालश्रम तथा बालविवाह मुक्त घोषणा गरिएको छ । जिल्लामा सातवटा स्थानीय तह रहेका छन् भने ४४ वटा वडा छन् ।
यसअघि गाउँपालिकामा रहेका पाँच वटै वडालाई बाल श्रम तथा बालविवाह मुक्त घोषणा गरेपश्चात शनिबार एक कार्यक्रमको “खार्पुनाथ गाउँपालिकाको प्रतिवद्वता, बालश्रम तथा बालबिबाह मुक्त अभियानको ऐक्यवद्वता” भन्ने नाराका साथ आयोजना गरी बाल श्रम तथा बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षतामा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको भर्चुअल उपस्थितिको प्रमुख आथित्यताका साथै जिल्ला समन्वय समितिका शिवराज शर्माको विशेष आथित्यमा सम्पन्न भएको हो ।
यहाँका गाउँपालिकाका नागरीकहरुले आफ्ना छोराछोरीका साथै बालबालिकाले समेत प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै बालविवाह नगर्ने नगराउने, बालश्रम पनि नगर्ने जनाएका छन् । यहाँका जनप्रतिनिधिदेखि सर्वसाधरण, स्थानीय राजनितिक दलका नेता, बालबालिका लगायतले प्रतिवद्धता जनाउनुका साथै प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।
स्थानीय सरकारले १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त गाउँपालिकालाई बालश्रम तथा बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले बताउनुभयो । बालश्रम र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न त्यति सजिलो नभएको यहाँका जनप्रतिनिधिहरुके भनाइ छ ।
'गाउँपालिकालाई बालश्रम तथा बालविवाह मुक्त घोषणा गर्न रमाइलो मन्त्र नभइ थप जिम्मेवारी थपिएको छ । यसमा पाँचवटै वडाका वडाध्यक्ष अलिबढी जिम्मेवारी भएर लागुपर्छ ।' पालिकालाई बालश्रम मुक्त गरेर मात्रै भएन यसलाई व्यवहारमा उतार्नु पर्ने सीता माध्यामिक विद्यालयका जुनराज हमालले बताउनुभयो ।
यस्तै नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष खार्पुनाथका स्थायीबासिन्दा प्रकाशबहादुर शाहीले खार्पुनाथले हुम्लाका लागि नयाँ इतिहास कायम गरेको बताउनुभयो । अब खार्पुनाथमा बालश्रम र बाविवाह गर्न हुन हुने उपाध्यक्ष शाहीको भनाई थियो । यदी वाविवाह भएको पाइएमा कानुनी दायरामा ल्याउन सबै पक्ष लागु पर्ने उहाँले बताउनुभयो ।
वडा स्तरिय बाल बिबाह घोषणा गरेपनि आफ्नो वडाबाटै बालबिबाह गरिसकेपछि पुन फिर्ता गर्न सफल भएको वडा नम्बर दुईका वडाध्यक्ष चन्द्र रावलले बताउनुभयो । यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर पोखरेल र गाउँपालिका उपाध्यक्ष ज्ञान बहादुर सिंहले यस्ता कृयाकलाप आजका दिनबाट नहोस् र बालश्रम तथा बालविवाह मक्त पालिका घोषणा हुँदा खुसी व्यक्त गर्नु भएको थियो ।
नेपाल संविधानको भाग ३ धारा ३९ मा बाल बालबालिका रहनुका साथै बालबालिका सम्बन्धि विभिन्न शाखा भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । कानुनमा व्यवस्था भएको समाजमा व्यवहारपनि अक्षरता पालना गर्नु पर्ने उहाँले बताउनुभयो । यस्तै अबका दिनका बालश्रम, बालविवाह भएको समाचार सुन्न नपरोस् भन्दै यहाँका अभिभावकले आफ्ना बालबालिकालाई पिठ्यूमा बच्चा, भारी बोकाउनुको सट्टा किताब बोकाउन प्रमुख जिल्ला अधिकारी पाण्डेयले सुझाव समेत दिनुभएको थियो ।
महत्वपूर्ण कार्य गर्नका लागि चुनौती आउने गरेपनि त्यसको सामना गर्दै खार्पुनाथले बालश्र तथा बालविवाह घोषणा गर्नु राम्रो कार्य भएको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताउनुभयो । आज घोषणा भएर भोलि यसका विरुद्ध गलत कार्य गरेको पाइएमा खार्पुनाथ बासिन्दालाई बालबिबाह सम्बन्धी कानुनको कठघेरामा उभ्याइने उहाँले बताउनु भयाे ।
घोषणा कार्यक्रमका लागि सबै क्षेत्रबाट सहयोग पुर्याउनेलाई गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले धन्यवाद समेत दिनुभएको थियो । यी घोषणा भएका कार्यलाई सार्वजनिकस्थलमा टाँसिने अध्यक्ष रावलले जनाउनुभयो ।
गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र गाउँपालिकाको आयोजनामा बालश्रम तथा बालविवाह मुक्त भएको हो । खार्पुनाथ गाउँपालिकाको बालश्रम तथा बालविवाह मुक्त रणनिति २०७६ अनुसार बालश्रम तथा बाल विवाह मुक्त पालिका घोषणा कार्यकम अनुसार शनिबार खार्पुनाथलाई बालश्रम तथा बालविबाह मुक्त घोषणा गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच