
हेटौंडा। मकवानपुर प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाएको भन्दै विरोध भएको छ ।
असार ७ गते मकवानपुरकी प्रजिअ श्रेष्ठले सञ्चारकर्मीलाई समाचार संकलनका लागि पुगेका पत्रकारलाई भिडियो खिच्न रोक लगाउनु भएको भन्दै विरोध भएको हो ।
समसामयिक घटनाबारे शुक्रबार ध्यानाकर्षण गराउन नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिसहित उपमहानगरका जनप्रतिनिधिहरु र राष्ट्रिय स्वतन्त्र पार्टीको छुट्टाछुट्टै टोली गएको थियाे । उनीहरूसँगै गएका पत्रकार समाचारका लागि भिडियो छायांकन गर्न लाग्दा प्रजिअ श्रेष्ठले रोक लगाउनुभएको थियो। जिल्ला प्रशासन कार्यालयमा समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई प्रजिअको कार्यकक्ष प्रवेशमा रोकसमेत लगाइएको थियो ।
यस विषयमा सिडिओ श्रेष्ठले भने समाचार संकलनमा रोक नलगाएको बताउनु भएको छ । उहाँले भन्नुभयो, 'आजकल, केही व्यक्तिले भिडियो र अभिव्यक्तिलाई काँटछाँट गरी गलत संदेश फैलाउने घटना बढ्दै गएका कारण भिडियो नखिच्न आग्रह गरिएको हाे समाचार संकलनलाई हामीले रोक लगाएका छैनौं ।' भएका कुरालाइ ताेडमाेड गरी सामाजिक संजालमा भ्रामक सन्देश फैलाउने घटना बढ्दै गएका कारण भिडियो खिच्न मात्र रोक लगाइएको उहाँको जवाफ थियो ।
रास्वपाको टोली फर्किएपछि हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपानेमाथि भएको आक्रमणको घटनाबारे ध्यानाकर्षण गराउन पुगेको कांग्रेस हेटौंडा उपमहानगर समितिसहित हेटौंडा उपमहानगरपालिका जनप्रतिनिधिसंगको छलफलको पनि प्रजिअ श्रेष्ठले भिडियो छायांकनमा रोक लगाउनुभयो। 'कार्यकक्षभित्र छलफल भएको भिडियो खिच्न पाइँदैन । हामीले गरेको कार्यक्रमको मात्र खिच्न पाइन्छ । हामीलाई माथिको यस्तै निर्देशन छ,’ प्रजिअ श्रेष्ठले दोहोर्याउनु भयो र सञ्चारकर्मीलाई भन्नुभयो, 'तपाईंलाई यहाँ भिडियो खिच्न अनुमति छैन, फोटोमात्र खिच्नुस् ।' प्रजिअको निर्देशनपछि प्रजिअका सुरक्षाकर्मीले भिडियो खिच्न रोकेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई भिडियो छायांकन र समाचार संकलनममा रोक लगाइएकोप्रति नेपाल पत्रकार महासंघलगायत विभिन्न संघसंगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उक्त घटनाको विरोध गर्दै संघसंगठनले पत्रकारहरुलाई निर्वाध काम गर्न दिन माग गरेका छन् ।
मकवानपुरमा पछिल्लो समय पत्रकारमाथि हुने गरेका अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् निरन्तर चलिरहेको भन्दै नेपाल पत्रकार महासंघबाट विज्ञप्तिसमेत निकालिएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर महिला उपाध्यक्ष भावना रिजाल भन्नुहुन्छ –'अब पत्रकार महासंघले यस्ता घटनालाई विज्ञप्ति निकाल्नुमै सीमित राख्नु हुँदैन । सम्बन्धित निकायलाई जवाफदेही बनाउनु पनि पत्रकार महासंघहको दायित्व हो । श्रमजीवी पत्रकारले मर्यादित पत्रकारिता गर्न नसक्दा जनताको हक हामी दिन सक्दैनौं ।'
पत्रकार अधिकारको कुरामा सबै एकजुट भएर लाग्नुपर्ने स्थिति आएको बताउँदै नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगरले जिल्लाको घटना भएकाले जिल्लाले मिलाउनुपर्ने बताउनुभयो । उहाँले भन्रुभयाे, 'एकचरण बैठक बस्नेछौं,’ चित्तबुझ्दो कुरा नआए प्रदेशले कदम चाल्नेछ ।'
पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले भन्नुभयो –' यस बिषयमा महासंघ र सीडीओबीच छलफल भइसकेको छ ।'
पछिल्लो समय मकवानपुरमा जनप्रतिनिधि, सरकारी कर्मचारीलगायत विभिन्न क्षेत्रबाट पत्रकारको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने काम बढ्दै गएको छ ।
२०८१ वैशाख ३१ गते हेटौंडा-१४ का जनप्रतिनिधि दिपक खड्काले समाचार सम्प्रेषणको लागि वडा कार्यालय पुगेका मकवानपुरका दुई पत्रकार माथि अभर्द व्यवहार गर्नुभएको थियो। पत्रकारको छाता संगठन पत्रकार महासंघले जिल्ला देखि केन्द्रसम्म विज्ञप्ति निकालेको थियो। आजसम्म पनि घटना विज्ञप्तिमै सिमित रहेको छ। जनप्रतिनिधिले कुनै आत्माआलोचना गरेकाे समेत पाइएकाे छैन ।
त्यो घटना सेलाउन नपाउँदै केही महिनाअघि हेटौंडा उपमहानगरपालिकाकि मेयर मिनाकुमारी लामाले प्रत्यक्ष टेलीफोन सम्पर्कमा पत्रकारलाई 'पत्रुकारहरु' भन्नुभएको थियो । उक्त घटनाले श्रमजीवी पत्रकारहरु निरुत्साहित भएका थिए। केही दिनपश्चात सामाजिक संजाल मार्फत भने मेयर लामाले पत्रकारसंग माफी माग्नुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच