
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शनिवारदेखि शुरु भएको छ ।
पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा शनिवार शुरु भएको बैठक आईतवारसम्म चल्ने पार्टी प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिनुभयो । उहाँले बैठकमा पार्टीको अधिवेशन सम्पन्न भएका जिल्ला र स्थानीय तहको समीक्षा भएको जानकारी दिनुभयो ।
शनिवारको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा चलिरहेको विवादका बारेमा जानकारी गराउनुभएको बताउनु भयो । जनता समाजवादी पार्टी, नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेको छ । सर्वोच्चमा पुगेको विवाद र अन्य पार्टीसँगको समन्वयमा सामान्य चर्चा गर्नुभएको प्रवक्ता सुमनले बताउनु भयो । साथै प्रदेश अधिवेशनका लागि निर्देशिका निकालिएको र निर्देशिकाअनुसार भाद्र मसान्तसम्ममा अधिवेशन सकिने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टी केन्द्रिय कार्यकारिणी बैठक सुरु भएको हो । बैठकमा कार्यकारीणि पदाधिकारीले आआफ्नो जिम्मेवारीको समीक्षा गर्नुभयो । बैठकमा सम्पन्न भएका पार्टीको अधिकांश जिल्ला, वडा, नगरपालिका, गाउँपालिका समितिहरु र शुभेच्छुक संस्थाहरुको अधिवेशनको समीक्षा भयो । सातवटै प्रदेशमा अधिवेशन गर्नका लागि निर्देशिका निकालिएको छ । जसमा भाद्र मसान्तसम्मा सबै अधिवेशन सक्नेगरी निर्देशिका निकालिएको हो । त्यसमा पनि छलफल भयो । बैठक भोलि सकिन्छ । आजको बैठकमा निर्वाचन आयोगमा चलिरहेको विवाद, सर्वोच्चमा भइरहेको विवाद र अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे अध्यक्षज्युले सामान्य चर्चा गर्नुभयो । बैठक भोलि सकिन्छ ।’
उहाँले बैठकमा पार्टी अध्यक्षले वर्तमान राजनीतिक गतिविधसँगै अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे सामान्य चर्चा गर्नुभएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच