
अर्घाखांची ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले आज पार्टीको तेस्रो स्थापना दिवस सन्धिखर्कस्थित शान्तिबगैचामा दीप प्रज्वलन कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ।
दीप प्रज्वलनपछि आयोजित शुभकामना आदानप्रदान तथा मन्तव्य कार्यक्रममा बोल्दै रास्वपा अर्घाखाँचीका जिल्ला सभापति हरि भुसालले पार्टीले 'लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा' भन्ने मूल नाराका साथ देशव्यापी अभियान सञ्चालन गर्दै तेस्रो स्थापना दिवस मनाइरहेको जानकारी दिनुभयो।
उहाँले पार्टीको छोटो अवधिमै उल्लेखनीय उपलब्धिहरू हासिल गरेको र आम नागरिकको भरोसा कायम राख्न रास्वपाले सुशासन र वेथितिविरुद्ध अझ सशक्त संघर्ष गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। साथै, स्थापना दिवसको अवसरमा रास्वपाले देशभर हस्ताक्षर अभियान पनि सञ्चालन गरिरहेको बताउनु भयो।
सभापति भुसालले पार्टीका केन्द्रीय सभापति रवि लामिछानेविरुद्ध लगाइएको ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दालाई नियोजित र षड्यन्त्रपूर्ण भन्दै अन्य राजनीतिक दलहरूले आफ्ना नेतालाई जोगाउन गरिएको योजनाबद्ध प्रयास भएको दाबी गर्नुभयो।
कार्यक्रममा भूमिकास्थान नगरपालिका सभापती डिल ब. थापा (बिन्दु), मालारानी गाउँपालिका सभापति वित्रम महत, जिल्ला उपसभापति कमल मरासिनी, विभिन्न पालिकाका पदाधिकारीहरू तथा नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन जिल्ला सहसचिव चिरञ्जीवी पन्थी सुनारले गरेका गर्नुभएको थियाे।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच