
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीनवटा परमाणु केन्द्रमा सफलतापूर्वक आक्रमण सम्पन्न भएको बताउनुभएको छ । ट्रम्पका अनुसार यी आक्रमणहरू फ़ोर्दो, नताञ्ज र इस्फ़हानस्थित परमाणु केन्द्रहरूमा गरिएको हो।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ुट्रुथ सोशलुमार्फत लेख्नुभएको छ, “हामीले फ़ोर्दो, नताञ्ज र इस्फ़हानलगायतका इरानी परमाणु ठिकानामा आक्रमण सफलतापूर्वक सम्पन्न गरेका छौं। सबै विमानहरू इरानी वायुसिमाबाट बाहिर भइसकेका छन्।”
उहाँले फ़ोर्दोमा ‘सबै बम खसालिएको’ दाबी गर्दै सबै विमानहरू सुरक्षित रूपमा फर्किएको उल्लेख गर्नुभएको छ ।
उहाँले अमेरिकी सेनाको प्रशंसा गर्दै लेख्नुभएको छ “हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई। संसारमा यस्ता कारबाही गर्न सक्ने अर्को कुनै सेना छैन। अब शान्तिको समय हो।”
यस अमेरिकी हमलापछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले प्रतिक्रिया जनाउँदै भन्नुभएको छ, “राष्ट्रपति ट्रम्प र म सधैँ भन्छौं, ‘शक्ति मार्फत शान्ति।’ शक्ति पहिला आउँछ अनि मात्र शान्ति आउँछ। आज राति ट्रम्प र अमेरिका शक्तिशाली ढंगले अघि बढेका छन्।”
समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायली सरकारी प्रसारक केनलाई एक अधिकारीले जानकारी दिँदै बताउनुभएको छ कि यस हमलामा इजरायलले अमेरिकासँग ‘पूरा तालमेल’ मिलाएको थियो। यसैबीच, अमेरिकी अधिकारीले इरानमाथिको आक्रमणमा बी–२ स्टेल्थ बम्बर विमानहरू प्रयोग गरेको रोयर्टसले जनाएको छ ।
यसअघि अमेरिकाले गुआम टापुमा बी–२ बम्बर पठाएको रिपोर्ट सार्वजनिक भएपछि आक्रमणको सम्भावना अझ बलियो बनेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच