
ढाका । श्रीलंका र बंगलादेशबीचको पहिलो टेस्ट बराबरीमा सकिएको छ । बंगलादेशले पाँचौं दिन २८५/६ को स्कोरमा दोस्रो इनिङ घोषणा गरेको थियो । श्रीलंकाले जित्न २९६ रन बनाउनुपरेको थियो । खेल बराबरी हुँदा श्रीलंकाको स्कोर ७२/४ थियो । गाले टेस्टमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
टोलीले पहिलो इनिङमा ४९५ रन बनाएको थियो । जवाफमा श्रीलंकाको टोली पहिलो इनिङमा ४८५ रनमा अलआउट भयो । पाँचौं दिन वर्षाका कारण खेल धेरै पटक रोकिएको थियो । श्रीलंकाका अलराउन्डर एन्जेलो म्याथ्युजले टेस्ट क्रिकेटबाट सन्न्यास लिनुभएको छ । यो उहाँको अन्तिम टेस्ट म्याच थियो । शृंखलाको दोस्रो खेल जुन २५ मा कोलम्बोमा खेलिनेछ ।
शान्तोले दोस्रो इनिङमा अविजित १२५ रन बनाउनुभयो । पाँचौं दिन बंगलादेशले दोस्रो इनिङमा १७७/३ को स्कोरबाट अगाडि खेल्न सुरु गरेको थियो । यसपछि टोलीले १०८ रन थप्यो र खाजापछि २८५/६ को स्कोरमा इनिङ घोषणा गरेको थियो । दोस्रो इनिङमा पनि नजमुल हुसेन शान्तोले १२५ रनको अविजित इनिङ खेल्नुभयो । उहाँले पहिलो इनिङमा पनि १४८ रन बनाउनुभएको थियो । उहाँ प्लेयर अफ द म्याच चुनिनुभयो ।
श्रीलंकाका निसान्काले १८७ रन बनाउनुभयो । पहिलो इनिङमा श्रीलंकाका लागि सर्वाधिक रन बनाउने खेलाडी ओपनर पथुम निसान्का हुनुहुन्थ्यो । जसले २५६ बलमा २३ चौका र १ छक्का प्रहार गर्दै १८७ रनको इनिङ खेल्नुभएको थियो । यसबाहेक कामिन्दु मेन्डिसले १४८ बलमा ८७ र दिनेश चन्डिमलले ११९ बलमा ५४ रन बनाउनुभयो । बंगलादेशका लागि नैम हसनले ५ विकेट लिनुभयो । यसबाहेक हसन महमुदले ३ विकेट, तैजुल इस्लाम र मोमिनुल हकले १-१ विकेट लिनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच