धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु एक अर्ब २२ करोड ९३ लाख ५ हजारको बजेट सार्वजनिक गरेको छ। नगरसभाको १७औं अधिवेशनले नीति तथा कार्यक्रमले उक्त बजेट सार्वजनिक गरेको हो ।
बजेट विवरण अनुसार, चालु खर्चतर्फ रु ८७ करोड २७ लाख ५३ हजार र पूँजीगत खर्चतर्फ रु ३५ करोड ६५ लाख ५२ हजार विनियोजन गरिएको छ। नगर उपप्रमुख दीपक विश्वकर्माले बजेट सार्वजनिक गर्दै संविधानमा उल्लेखित राज्यका निर्देशन सिद्धान्त, संघीय आर्थिक नीति, प्रदेश सरकारको नीति, दिगो विकासका लक्ष्य, नगरवासीको माग, विषयगत क्षेत्रका आवश्यकता, विज्ञ तथा सरोकारवालाका सुझाव र वर्तमान परिस्थिति तथा सीमित साधन स्रोतको मूल्याङ्कनका आधारमा तयार गरेको बताउनुभयो ।
बजेटमार्फत नगरपालिका सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध नगर निर्माणको योजना अघि सारेको छ।
समाजमा न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउन, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न हामीले यो बजेटले सक्षम र समावेशी स्थानीय शासनको आधार तयार गर्ने विश्वास लिएको उपप्रमुख विश्वकर्माले बताउनुभयो । नगरसभामा नगरप्रमुख भीमप्रसाद ढुंगानाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख ढुंगानाले यस वर्षको योजना केवल कागजी दस्तावेज नभई नगरको समृद्धिको स्पष्ट खाका भएको उल्लेख गर्नुभयो।
उहाँले नगरको श्रोत, आवश्यकता र जनभावनालाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा आधारित विकासलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…