
काठमाडौं । काठमाडौं महानगरपालिका-५ ज्ञानेश्वरनजिकै रहेको सानो गौचरन फुटबल मैदान व्यवस्थित खेल मैदानमा रूपान्तरण हुँदैछ । करिब २५ हजार दर्शक अट्ने क्षमताको आधुनिक खेल मैदान निर्माणका लागि अहिले धमाधम काम भइरहेको छ ।
करिब १८ रोपनीमा बन्न लागेको खेल मैदान २०८१ मंसिर १३ गते काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले शिलान्यास गर्नुभएको थियो । १८ करोड ८७ लाख रुपैयाँ लागतमा शुभ निर्माण सेवाले निर्माण कार्य गरिरहेको छ । मैदानमा कृत्रिम घाँस, पक्की बार, टिम चेजिङ रुम, उपचार कक्ष, शौचालय, पार्किङजस्ता सुविधा समेटिनेछन् ।
हालसम्म करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । मैदानको लम्बाइ ९६ मिटर र चौडाइ ६२ मिटर हुनेछ । २८ वटा चारपांग्रे र १७८ वटा दुईपांग्रे सवारीका लागि पार्किङ स्थल बनाइनेछ ।
बेसमेन्टमा महिलाका लागि २३ र पुरुषका लागि १६ वटा शौचालय रहनेछन् भने ग्राउण्ड फ्लोरमा चेन्जिङ रुम, फिजियो र फस्र्ट एड कक्ष, खेलाडीका लागि छुट्टाछुट्टै तयारी कोठा निर्माण भइरहेका छन् । साथै नजिकैको पाँच रोपनी जमिनमा बास्केटबल, टेबलटेनिस, फुटसल र ब्याडमिन्टन कोर्टसमेत निर्माणको योजना रहेको छ । निर्माण कार्य २०८२ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच