
काठमाडाैं । सिरियाली राजधानी दमास्कसमा आईतवारको प्रार्थनाको समयमा एक आत्मघाती बम विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । साथै दर्जनौं घाइते भएको सुरक्षा स्रोत र अनुगमन समूहले जनाएको छ ।
सिरियाली स्वास्थ्य अधिकारीहरूले ५३ जना घाइते भएको बताएका छन् । प्रत्यक्षदर्शी र स्थानीय मिडियाकाअनुसार दमास्कसको पूर्वी बाहिरी इलाकामा रहेको मुख्यतया क्रिश्चियन छिमेक ड्वेइला जिल्लामा रहेको मार एलियास चर्चमा विष्फोट भएको हो ।
धेरै वर्षहरूमा दमास्कसको चर्चलाई लक्षित गरी गरिएको यो विस्फोट पहिलो पटक हो । जसले राजधानीमा सञ्चालन हुने स्लीपर सेलहरूको बारेमा नयाँ चिन्ताहरू जगाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच