
मुगु । मुगु स्थित खत्याड गाउँपालिकाको माझचौर बजारबाट बालुवा लिएर वडा न ४ जिउका जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा वडा न ४ पैखु गाउँका सारदा थापा हुन् । उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै घाइते हुनेहरुमा सोही वडा हिगोटी गाउँका जस सार्की, दल विक, जिउका गाउँका जौकला रोकाया, धनराज रोकाया, हुकुम रोकायाकी श्रीमती, पैखु गाउँका अमना थापा, दलविर थापाकी छोरी, वडा न ६ घर भएका ट्याक्टर चालक दानबहादुर बुढथापा रहेका छन् ।
घाइते आठै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
ज १ त ५११२ नम्बरको ट्याक्टर माझचौरबाट बालुवा लिएर जिउका जाँदै गर्दा आइतवार राति ९ बजेतिर वडा न ४ राम्रीकाद भन्ने स्थानमा अनियन्त्रित भइ सडकबाट ७०० मिटर तल खसेको थियो ।
घटना लगतै प्रहरी चौकी माझचौर र इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी घटना स्थलमा पुगेको थियो स्थानिय र प्रहरीहरुले घाइतेहरुलाइ उद्दार गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच