
रुपन्देही । तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभएको हो ।
बजेटमा चालु तर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात ४४ दशमलव १७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैंयाँ अर्थात् ५५ दशमलव ८३ प्रतिशत हुने अनुमान गरिएको छ ।
बजेट वक्तव्यमा उपप्रमुख चौधरीले बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३३ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँ प्राप्त हुने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।
तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १६ करोड बढीको बजेट ल्याएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच