भक्तपुर । भक्तपुरस्थित मध्यपुरथिमी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २५ करोड ६६ लाख ७० हजार एक सय रुपैयाँ बराबरको आय–व्यय अनुमानसहितको बजेट सार्वजनिक गरेको छ।नगरपालिकाको १२औं नगरसभा तथा अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गरिएको छ ।
आन्तरिक स्रोत र बाह्य अनुदानसहितको उक्त बजेटमध्ये १ अर्ब ५२ करोड ८३ हजार ५ सय रुपैयाँ नगर सञ्चालन तथा विकास योजनाका लागि विनियोजन गरिएको छ। बाँकी १ अर्ब ७३ करोड ६५ लाख ८६ हजार ६ सय रुपैयाँ संघीय सरकार, प्रदेश सरकार, सामाजिक सुरक्षा भत्ता, अस्पताल तथा जग्गा एकीकरण आयोजनाजस्ता शीर्षकमा खर्च गरिनेछ।
ठूला आयोजना र सामाजिक सुरक्षामा प्राथमिकता
बजेटमा सामाजिक सुरक्षा भत्तामार्फत २२ करोड रुपैयाँ, सडक बोर्ड नेपालमार्फत ७० लाख, सिन्टिटार जग्गा एकीकरणका लागि २० करोड ४० लाख १७ हजार १ सय, कमेरोटार जग्गा एकीकरणमा ७० करोड २३ लाख १३ हजार ७ सय, र नेपाल–कोरिया मैत्री नगर अस्पताल निर्माणका लागि ६० करोड ३२ लाख ५५ हजार ८ सय रुपैयाँ विनियोजन गरिएको छ। कुल १ अर्ब ७३ करोड ६५ लाख ८६ हजार ६ सय रुपैया विनियोजन गरिएको छ ।
नगरस्तरीय क्रमागत योजनाहरूका लागि २० करोड रुपैयाँ छुट्याइएको छ। यसमा बहुवर्षीय ठेक्कासहित सम्पन्न नभएका योजना समावेश छन्। साथै, नगरका ९ वडालाई प्रति वडा २ करोड १ लाखका दरले कुल १८ करोड ९ लाख रुपैयाँ छुट्याइएको छ।
विकास योजनामा पुँजीगत खर्च बढी
नगरपालिकाले पुँजीगततर्फ ७७ करोड ७७ लाख २८ हजार ५ सय र चालू खर्चतर्फ ७४ करोड २३ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको छ। यसले कूल बजेटको ५१.१६ प्रतिशत पुँजीगत खर्चतर्फ र ४८.८४ प्रतिशत चालू खर्चतर्फ जाने देखिन्छ।
संघीय र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानमार्फत सञ्चालन हुने योजनाका लागि ९ करोड ९७ लाख, चालू खर्चतर्फ २८ करोड ३७ लाख ८ हजार रुपैयाँ छुट्याइएको छ। बागमती प्रदेशको समपूरक अनुदानबाट सञ्चालन हुने योजनाका लागि ५ करोड ४९ लाख र संघीय सरकारको समपूरक अनुदान योजनामा नगरको लागत सहभागिता अन्तर्गत ९ करोड ३४ लाख रुपैयाँ छुट्याइएको छ।
नगर गौरवका योजना र ऐतिहासिक सम्पदामा जोड
नगरपालिकाले आफ्नो गौरवका योजना अन्तर्गत ऐतिहासिक सम्पदा पुनःनिर्माण, पर्यटकीय पदमार्ग निर्माण, पहिरो नियन्त्रण, सौन्दर्यकरण, खुला क्षेत्रको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगार अभिवृद्धिमा प्राथमिकता दिएको छ।
त्यस्तै, लायकु दरबार, भाँगु महालक्ष्मी मन्दिर, हिरण्यवर्ण महाविहार लगायत थिमिका तीन विहारको पुनःनिर्माण, शंखधर गुरुयोजना, वालकुमारी उकालो सौन्दर्यकरण, वनदेवी परिषरको विकास कार्य अघि बढाइएको छ ।
नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमार्फत दिगो विकास, सामाजिक समावेशीकरण, आर्थिक समृद्धि र प्रशासकीय सुशासनमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । आर्थिक स्रोत परिचालनमा नगरको सञ्चिति कोष, आन्तरिक राजस्व र अनुदानलाई अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कुल आयको पूर्वानुमान
नगरको आयमा आन्तरिक स्रोतबाट ३७ करोड २४ लाख ५७ हजार ९ सय ७९, राजस्व बाँडफाँडबाट ४० करोड १३ लाख ७५ हजार ५ सय २१, संघीय सरकारबाट ६० करोड ५३ लाख, प्रदेश सरकारबाट ७ करोड ९ लाख ५० हजार, लागत सहभागिता १ करोड, र बैंक मौज्दात ६ करोड रुपैयाँ रहेको विवरण नगरसभामा प्रस्तुत गरिएको छ।
आन्तरिक आय र बाह्य स्रोत परिचालन गरी आगामी वर्ष नगरको सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक सुरक्षालगायत क्षेत्रलाई प्रभावकारी बनाइने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच