
भोजपुर । खाना पकाउने ग्याँस लिक भई आगलागी हुँदा गम्भीर घाइते हुनुभएकी भोजपुर नगरपालिका वडा नम्बर ९ निवासी कमला श्रेष्ठको उपचारका लागि भोजपुरमा क्रियाशिल लघु बित्त बित्तिय संस्थाको छाता संगठन लघुबित्त कर्मचारी मिलन केन्द्रले आर्थिक सहयोग गरेको छ ।
मिलन केन्द्रले पिडितका आफन्त बिमल प्रधानलाई सोमवार संकलित सहयोग रकम हस्तान्तरण गरेको हो ।
केन्द्रमा आवद्ध १४ वटा लघुबित्त र कर्मचारीबाट संकलित १८ हजार पाँच सय नगद भोजपुरका अग्रज पत्रकार निरोज कोइराला र केन्द्रका अध्यक्ष अर्जुन ढुंगानाले पिडितका आफन्त प्रधानलाई हस्तान्तरण गर्नुभयो । शरिरको ७० प्रतिशत भाग आगोले जलि हाल बिराटनगरमा रहेको बिराट मेडिकल टिचिङ अस्पतालमा उपचारार्थ कमलाको परिवारले उपचार महगो भएकाले सवैसँग सहयोगको आह्रवान समेत गरेको छ ।
लघुबित्त संस्थाहरुमा समेत आवद्ध हुनु भएकी कमलाको उपचारमा केही राहत मिल्ने उद्धेश्यले आफुहरुले पनि सहयोग संकलन गरेको मिलन केन्द्रका अध्यक्ष ढुंगानाको भनाई रहेको छ । अग्रज पत्रकार कोइरालाले पिडित परिवारलाई संकलन भएको रकमले उपचारमा सहयोग हुने बताउनुभयो ।
पिडितको हाल स्वास्थ्य अवस्था सुधारउन्मुख हुदै गएको बताउँदै आफन्त प्रधानले प्राप्त सहयोगहरुले उपपचारमा मद्धत पुगेको बताउनुभयो ।
गत जेठ २८ गते बेलुका धरानमा खाना पकाउने ग्यास लिक भई आगजनी हुदाँ कमला गम्भीर घाइते हुनु भएको थियो । जिल्लामा हाल ब्यक्ति तथा बिभिन्न निकायहरुबाट उपचारका लागि सहयोग रकम संकलन समेत थालिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच