
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले बाँदर आतङ्क न्युनिकरण गर्न ‘बाँदर बगैचा’ बनाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरबहादुर पुनले ग्रामीण क्षेत्रमा बाँदर आतङ्कका कारण किसानले गाउँ छाड्न थालेपछि कम क्षति पुर्याउने फलफुल र मसलाबालीको खेती गरिने बताउनुभयो ।
नगरपालिकाको वडा नम्बर ८ पुरानो गाउँमा ‘बाँदर बगैचा’ बनाउने प्रमुख पुनको भनाइ छ । नयाँ आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख छ । युवालाई कृषिमा आर्कषण गर्न र कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले किसानलाई परिचयपत्र दिने भएको छ । पालिकाभरका सबै किसानलाई सूचिकरण गरेर परिचयपत्र दिने प्रमुख पुनले बताउनुभयो ।
नगरपालिकाले उत्पादनलाई बजारीकरण गर्नका लागि कृषि एमबुलेन्स संचालनसमेत गर्न भएको छ । दुग्ध उत्पादन बढाउन पशुको निःशुल्क नस्ल सुधार गर्ने, खोप लगाउने, औषधी र अन्य उपचार गराउनेदेखि उत्पादनको बजारीकरण गर्न किसानलाई सघाउने पुनले बताउनुभयो । किसानलाई प्रोत्साहन गर्न बाख्रा जोन बनाउने र दूध उत्पादन बढाउने नीति लिएको छ ।
अण्डा र मासुमा आत्मनिर्भर बनाउने, उत्पादन र बिक्रीमा आधारित अनुदान दिएर काम गर्ने किसान प्रोत्साहन कार्यक्रम ल्याएको प्रमुख पुन बताउनुहुन्छ । हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने, राँगो र बंगुरलाई मासुको बजारीकरणमा जोड्ने, पाडापाडी उत्पादन बढाएर चीनसम्म मासु निर्यात गर्ने नीतिमा उल्लेख छ ।
गत वर्ष लिएको ‘सेरा जाऔं, केरा खाऔं’ कार्यक्रमलाई पनि निरन्तरता दिने भएको छ । ‘छोरी जन्मे घर, खुसीको लहर’ भन्ने मुल नारा सहित संचालन भएको जैमिनीकी छोरी कार्यक्रमलाई निरन्तरता दिने भएको छ । छोरी जन्मेमा जन्मदर्ता गर्दा रु दुई हजार ५०० को खाता खोलिदिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिका भित्र रहेका घरबारविहीनलाई घर बनाई दिने नगर प्रमुख पुनले बताउनुभयो । फूसका छाना विस्थापन कार्यक्रमलाई निरन्तरता उहाँको भनाइ छ । सुकुम्बासी समस्या समधानका लागि आवश्यक प्रक्रिया पुरा गरी यसै वर्ष नगरपालिकालाई सुकुम्बासी मुक्त पालिका घोषणा गरिने पुन बताउनुहुन्छ ।
विद्यार्थीलाई उपयुक्त सिकाई वातावरण र पोषिलो आर्गानिक खाजाका लागि एक वडा, एक आवासीय माध्यमिक विद्यालय एक विद्यालय एक करेसाबारी बनाउने गरि ‘हरित विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विद्यार्थीलाई उद्यमशीलता तथा उत्पादनसँग जोड्न पढदै कमाउँदै कार्यक्रम संचालन गरि स्थानीय उत्पादनलाई पाठ्यसामग्रीको रुपमा प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच