
-
डा. प्रकाशशरण महतले आवश्यकता धेरै र स्रोत अभावका कारण सबैको चित्त बुझ्ने बजेट सम्भव नभएको बताउनु भयाे ।
-
बजेट प्राथमिकताका आधारमा बनिनु पर्नेमा जोड दिनुभयाे।
-
बजेट निर्माण प्रक्रियामा सुधार आवश्यक रहेको धारणा राख्नुभयाे ।
काठमाडौं । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले आवश्यकता बढी र स्रोतसाधनको कमीले गर्दा बजेटमा सबैको चित्त बुझ्न नसकेको बताउनुभएको छ ।
सोमवार सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आवश्यकताहरू बढी हुने र सोही अनुरूपको स्रोत र साधन नहुँदा बजेटमा सबैको चित्त नबुझ्ने जिकिर गर्नुभयो । उहाँले बजेट प्रस्तुत गर्दा स्रोत तथा साधनको प्राथमिकीकरणको आधारमा हुनुपर्ने बताउनु भयो ।
उहाँले सरकारले कुनै ठाउँ बढी र कुनै ठाउँ कम बजेट विनियोजन गर्नुको आधार दिनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका प्रवक्ता समेत रहनुभएका डा। महतले कुन–कुन कारणले बजेट राख्न सकिएन रु भन्ने प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताउनु भयो । उहाँले बजेटमाथिको छलफलपछि संशोधन गर्ने परम्परा अहिलेसम्म नरहेको जिकिर गर्नुभयो । उहाँले आउने दिनहरूमा बजेट निर्माणको प्रक्रियामा महत्वपूर्ण सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा आवश्यकताहरू अत्यन्त ज्यादा छन् । त्यही अनुरूपको स्रोत साधन छैन । त्यसो भएको कारणले सबैको चित्त त बुझ्दैन । तर, बजेट प्रस्तुत गर्दा ती स्रोत र साधनको प्राथमिकीकरण र जहाँ अति आवश्यक छ त्यहाँ गर्ने, कम आवश्यकता भएको ठाउँमा यस कारण हामीले राखेनौँ भन्ने आधार चाहिँ सरकारले दिनुपर्छ । यस कारण हामीले यो यो ठाउँमा राखेनौँ किनकि यो भन्दो महत्वपूर्ण राख्नुपर्ने ठाउँ त्यो थियो भनेर अर्थमन्त्रीले आधार दिनुपर्छ । अब बजेट सकिएपछि संशोधन आदी, इत्यादि भन्ने कुरा त्यो अहिलेसम्मको परम्परा छैन । यसबाट हामीले सिकेर आउने दिनमा बजेट निर्माणको प्रक्रियालाई नै महत्वपूर्ण सुधार गर्नुपर्छ ।”
उहाँले बजेट निर्माणको क्रममा सरकारले सांसदहरूको कुरा नसुनेको भन्नु गलत भएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच