काठमाडौं । नेपाली पब्जी मोबाइल टिम ‘होरा इस्पोट्र्स’ आगामी महिना साउदी अरेबियामा हुने पब्जी मोबाइल वल्र्ड कप (पिएमडब्लुसी) मा छनोट भएको छ । काजखस्तानमा आइतबार सम्पन्न पिएमएसएल सिएसए (सेन्ट्रएल एण्ड साउथ एसिया) को दोस्रो स्थानमा रहँदै होराले पब्जीको विश्वकपमा स्थान बनाएको हो ।
इस्पोट्र्स विश्वकप आगामी जुलाई ८ देखि अगष्ट २४ सम्म साउदीको रियादमा हुँदैछ । जहाँ पब्जी मोबाइलको विश्वकप जुलाई २५ देखि अगष्ट २३ सम्म हुनेछ । त्यसमा नेपालबाट होरा इस्पोट्र्सले प्रतिनिधित्व गर्नेछ ।
काजखस्तानमा भएको पिएमएसएस सिएसमा नेपालमा होरासहित डिआरएस गेमिङ र ट्राइम एरोमेसी गरी तीन टिमले सहभागिता जनाएका थिए । पहिलो चरणमा कुल २० टिमले प्रतिस्पर्धा गरेकोमा नेपालको तीन टिमसहित १६ टिम अन्तिम चरणमा प्रवेश गरेका थिए । तर, नेपालबाट होरामात्र दोस्रो हुँदै पब्जी मोबाइल विश्वकपमा पुग्न सफल भयो । अन्तिम चरणबाट तीन टिममात्र विश्वकपमा छनोट हुने प्रावधान थियो । जसमा मंगोलियाको अल्फा गेमिङ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो ।
एपिजीले १७० अंक जोड्यो । दोस्रो भएको होराले १३९ अंक जोड्यो । यस्तै, पाकिस्तानको फोरथ्राइभ इस्पोट्र्स १३७ अंक जोडेर तेस्रो भयो । एपिजी, होरा र फोरथ्राइभ तीन टिम पब्जी मोबाइल विश्वकपमा छनोट भए ।
नेपाली टिम एएसटी दसौं र डिआरएस भने ११औँ भयो । एटिएसले ९७ र डिआरएसले ९४ अंक जोड्यो । नेपालबाट डिआरएस गेमिङले यसअघि पब्जी मोबाइलको ग्लोबल च्याम्पियनसिप खेल्दै दोस्रो स्थान हात पारेको थियो । सन् २०२२ मा इण्डोनेसियामा भएको उक्त प्रतियोगितामा डिआरएस दोस्रो भएको हो । जुन नेपाली पब्जी इतिहासमा सबैभन्दा ठूलो सफलता हो ।
पब्जी मोबाइल विश्वकपमा विश्वभरका उत्कृष्ट २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । पब्जी मोबाइलको कुल प्राइज पुल ३० लाख अमेरिकी डलर रहेको छ ।
२४ टिमलाई तीन समूहमा विभाजन गरेर समूह चरणको प्रतिस्पर्धा गराइनेछ । यसबाट शीर्ष आठ टिम सिधै ग्राण्ड फाइनलमा प्रवेश गर्नेछन् । यस्तै, बटमका १६ टिमले दोस्रो स्टेजमा सर्भाइभल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
सर्भाइभल स्टेजबाट पनि शीर्ष आठ टिम ग्राण्ड फाइनलमा पुग्नेछन् । ग्राण्ड फाइनलमा कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् र सबैभन्दा धेरै अंक जोड्ने टिम पब्जी मोबाइल च्याम्पियन बन्नेछ । इस्पोट्र्स वल्र्ड कपको ब्राण्ड एम्बासडरमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो नियुक्त भइसक्नुभएको छ ।
इस्पोट्र्स विश्वकपमा ७० मिलियन अमेरिकी डलरभन्दा धेरै पुरस्कार राशि रहेको छ । अघिल्लो पटक पुरस्कार राशि ६२.५ मिलियन अमेरिकी डलर थियो । यसपटक इस्पोट्र्सको पब्जी मोबाइलसहित विभिन्न २५ खेलको २६ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । होरा इस्पोट्र्सका मालिक सञ्जन गौतम अर्थात् ‘सिआर सेभेन होरा’ले पब्जी मोबाइलको विश्वकपमा पुग्नु ठूलो उपलब्धि भएको बताउनुभयो । ‘अन्तिम चरणमा दोस्रो भयौं । तर, विश्वकप पुग्नु पनि ठूलो कुरा हो,’ उहाँले भन्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच