धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-२ स्थित श्रीनलाङ पात्ले माध्यामिक विद्यालय र श्रीसिद्देश्वर माध्यामिक विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम आयोजना गरिएको छ । चोया डिजिटल सोलुसनको आयोजना र सेलिब्रेटी नेपाललको व्यवस्थापनमा भएको कार्यक्रममा चलचित्र ‘झिगेदाउ’ प्रदर्शनी गरिएको थियो । सो अवसरमा दुई विद्यालयका शिक्षक तथा ५३० जना विद्यार्थीको सहभागिता रहेको थियो । श्रीनलाङ पात्ले माध्यामिक विद्यालयबाट ३६० जना र श्रीसिद्देश्वर माध्यमिक विद्यालयबाट १७० जना विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा चलचित्र विकास बोर्ड, सञ्चार रजिष्टारको कार्यालय बागमती प्रदेश र सिद्धलेक गाउँपालिकाको सहकार्य रहेको थियो । चलचित्र प्रदर्शनपछि विद्यार्थीहरूसँग छोटो अन्तक्र्रिया कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा ‘झिँगे दाउ’, ‘पूर्णबहादुरको सारंगी’लगायत चलचित्रका अभिनेता मुकुन भुसाल, निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा र चलचित्र सम्पादक मित्र गुरुङको उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो ।
चोया डिजिटल सोलुसनका अध्यक्ष राजकुमार सिलवालले चलचित्र साक्षरताको अभियानले विद्यार्थीहरूमा दृश्य सञ्चारप्रति रुचि बढाउने विश्वास व्यक्त गर्दै ग्रामीण क्षेत्रमा यस्तो कार्यक्रमलाई निरन्तरता बताउनुभयो । वडा अध्यक्ष सागर गुरुङले चलचित्र शिक्षाले बालबालिकामा सामाजिक चेतना, नैतिक शिक्षा र सिर्जनात्मक सोच विकासमा टेवा पुर्याउने धारणा राख्नुभयो ।
‘झिँगे दाउ’ का प्रमुख अभिनेता मुकुन भुसालले कलाकारको योगदानमात्र पर्दामा सीमित नहुने भन्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा पनि जिम्मेवार रहने बताउनुभयो । चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाले चलचित्र पत्रकारिता र साक्षरताबीच गहिरो सम्बन्ध रहेको भन्दै यस्तो कार्यक्रमले भविष्यमा सूचना र सञ्चार क्षेत्रमा लाग्ने युवाहरूको जग बलियो बनाउने जिकिर गर्नुभयो ।
कार्यक्रममा श्रीनलाङ पात्ले माविका प्रधानाध्यापक रमेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबु श्रेष्ठ, श्रीसिद्देश्वर माविका सहायक प्रधानाध्यापक राजन कार्कीलगायतको उपस्थिति थियो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…