
हेटौंडा । १५ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा एकल महिला सुरक्षा कोष सञ्चालन सम्बन्धमा सरोकारवाला तथा सञ्चारकर्मीबीच अन्तर संवाद कार्यक्रम भएको छ।
सोमबार कुर्बे उस्ट्रोको सहयोग तथा मानव अधिकारका लागि महिला एकल महिला समुह मकवानपुरको आयोजनामा अन्तर संवाद कार्यक्रम भएको हो।
वैवाहिक स्थितिको आधारमा विभेद नगरौं 'समृद्ध तथा मर्यादित जीवनका लागि सशक्तीकरण' भन्ने नाराको साथ
अन्तर संवाद कार्यक्रम भएको हो।
संस्थाकि अध्यक्ष शारदा चौलागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले एकल महिलाको लागि स्थानीय सरकारलेले बजेट विनियोजन गर्ने प्रतिबद्धता गर्दै एकल महिलाको नाउँमा दुरुपयोग नगर्न समेत आग्रह गर्नुभयो।
हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपाने,हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने, अधिवक्ता अप्सरा बस्नेत,जिल्ला समन्वय अधिकारी शान्ति विक,मानव अधिकार आयोग,माइती नेपाल कार्यक्रम संयोजक माया तामाङ, हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइबा,कोशिश नेपाल,मानव अधिकार संगठन शर्मिला श्रेष्ठ,सानाहातहरु,न्यानो आगनलगायत संघसंस्थाको उपस्थिति थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच