काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष बरिस्ठ नृत्य निर्देशक आरसी कोइराला (रामचन्द्र) सम्मानित हुनुभएको छ । उहाँलाई बज्रयोगिनी नृत्य तथा संगीत एकेडमीले राजधानीमा आयोजना गरेको छैटौं संस्करणको एसइई डान्स च्याम्पियनसिपमा प्रमुख अतिथि संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेले ‘सांस्कृतिक राजदूत’ सम्मानबाट सम्मान्न गर्नुभएको हो ।
सो अवसरमा कोइरालासँगै लोक गीतसंगीतका सम्राट् नारायण रायमाझी, चरिया गुरु राजेन्द्र श्रेष्ठ, वरिष्ट कलाकार गोरे गुरुङ, चलचित्र कोरियोग्रफर कविराज गहतराजलगायत स्रष्टालाई पनि सम्मान गरिएको थियो । ‘नेपालमा आयोजना हुने एकमात्र अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका अध्यक्षलाई सम्मान गर्न पाउनु बज्रयोगिनी नृत्य तथा संगीत एकेडमी सिंगो परिवारलाइ गर्वको कुरा हो’, एकेडेमीमा अध्यक्ष महेश गोदारले भन्नुभयो ।
कोइरालाको नेतृत्वमा एभरेष्ट नेपाल कल्चरल ग्रुपले पछिल्लो समयसम्म ८० भन्दा बढी देशमा नेपाल र नेपाली कला संस्कृतिको प्रचारप्रसार तथा प्रबद्र्धन गर्न ठूलो भूमिका निर्वाह गर्दै आएको छ । अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामार्फत विश्वका ७५ भन्दा बढी देशका दश हजारभन्दा बढी सांस्कृतिक पर्यटक भित्र्याउन पनि यो ग्रुपको ठूलो भूमिका रहेको छ ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न