
काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेको छ ।
बैठकको उद्देश्य नेपाल–इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्नु थियो ।
NICCI का अध्यक्ष संजय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नुगारीले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै, साझा व्यापारिक हितको प्रवद्र्धनमा NICCI को प्रतिबद्धता दोहोर्याउनु भयो ।
कार्यक्रममा नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत सुश्री प्रतिमा पाण्डे तथा NICCI बोर्ड अफ डाइरेक्टरका सदस्यहरू पनि उपस्थिति थियो ।
नुगारीले दिर्घकालीन प्रगतिको लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान, र निजी क्षेत्रको संलग्नताको महत्वमा जोड दिनुभयो ।
NICCI नेपाल र इटालीबीचको व्यापार, संवाद, र रणनीतिक साझेदारीलाई निरन्तर प्रवद्र्धन गर्दै जाने प्रतिबद्धतासहित अघि बढ्दैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच